Tuesday, March 18Nepal News Portal
Shadow

नेप्से १ प्रतिशतले बढ्यो


काठमाडौं । नेप्से परिसूचक आइतबार १ प्रतिशतले बढेको छ । नेप्से २१.२७ अंकले बढेर २१४०.९७ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।

यस दिन ६ अर्ब २९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बढेको बजारमा मैलुङखोला जलविद्युत् कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ । यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६६१ रुपैयाँ ५० पैसा कायम छ ।

१३ समूहगतमध्ये तीनवटाको परिसूचक घटेको छ । विकास बैंक, फाइनान्स र व्यापार समूहको परिसूचक घटेको हो ।

व्यापार समूहको परिसूचक २.२३ प्रतिशतले घटेको छ । सर्वाधिक परिसूचक वृद्धि होटेल तथा पर्यटन समूहको भएको छ । यो समूहको परिसूचक २.९६ प्रतिशतले बढेको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्