Friday, September 19Nepal News Portal
Shadow

एन्फाले नयाँ फुटबल प्रशिक्षक नियुक्त गर्ने


काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) भिन्सेन्जो अल्बर्टो एनेसको सम्झौता थप नगर्ने निर्णय गरेपछि अब नयाँ फुटबल प्रशिक्षक नियुक्त गर्ने प्रकिया थाल्ने भएको छ ।

एन्फा कार्यसमितिको मंगलबार र बिहीबार बसेको बैठकले एनेसको सम्झौता थप नगर्ने निर्णय गरेको छ ।

साथै अब नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका लागि नयाँ प्रशिक्षक आवश्यक भएको छ । त्यसका लागि प्रो(लाइसेन्सप्राप्त प्रशिक्षकको नियुक्ति प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको एन्फाले सार्वजनिक गरेको विज्ञप्तीमा उल्लेख छ ।

नेपालले विश्वकप छनोट, एसियन कप छनोट जस्ता खेल खेल्नका लागि प्रो(लाइसेन्स प्राप्त कोच हुनुपर्ने भएकोले नेपालले फेरि विदेशी प्रशिक्षक नै ल्याउनुपर्ने भएको छ ।

 

नेपालमा अहिलेसम्म प्रो(लाइसेन्स प्राप्त प्रशिक्षक छैनन् ।

तर नेपालले अब खेल्ने अन्तर्राष्ट्रिय फुटबल खेल २०२५ मार्च अर्थात आगामी चैतमा रहेकोले तत्काल विदेशी प्रशिक्षक नियुक्त हुने सम्भावना कम छ । यस्तै नेपालले फिफा विन्डोमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने तालिका पनि छैन ।

त्यसैले तत्कालका लागि नेपाली अस्थायी प्रशिक्षक नै राख्ने सम्भावना छ ।

एन्फा प्रवक्ता सुरेश शाहले प्रो(लाइसेन्स प्राप्त कोच नियुक्तिको प्रक्रिया अघि बढाउने र त्यसअघि नेपालकै अस्थायी प्रशिक्षक नियुक्त गरेर काम अघि बढाउने जानकारी दिए ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्