Thursday, September 18Nepal News Portal
Shadow

काठमाडौंको लोगो र नाम घोषणा


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को सहभागी टोली काठमाडौंले आफ्नो नाम र लोगो घोषणा गरेको छ ।

काठमाडौंले मंगलवार सामाजिक सन्जालमार्फत नाम र लोगोको सार्वजनिक गरेको हो । टिमको नयाँ नाम काठमाडौं गुर्खाज रहनेछ ।

काठमाडौंको मार्की खेलाडी राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर करण केसी हुन् ।

नेपाल क्रिकेट संघ(क्यान) को‌ आयोजनामा ८ टोलीको सहभागितामा‌ मंसिर १६ गतेदेखि पुस ६ गतेसम्म पहिलो संस्करणको एनपिएल हुनेछ । सहभागी ८ टोलीको मार्की खेलाडीको‌ टुंगो लागिसकेको छ ।

टोलीमा अन्य नेपाली खेलाडी चयनका लागि असोज २० गते अक्सन हुँदैछ । विदेशी खेलाडी भने टिमहरुले सिधै अनुबन्ध गर्ने छन्  ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्