Thursday, September 18Nepal News Portal
Shadow

करणको ५ विकेट र कुशल भुर्तेलको अर्धशतकमा नेपाल विजयी


काठमाडौं । तीव्र गतिका बलर करण केसीको पाँच विकेट र कुशल भुर्तेलको अर्धशतकमा नेपालले तेस्रो अभ्यास खेलमा क्यानडाको हाइप्रोफोमेन्स
(एचपी) लाई १० रनले हराएको छ । योसँगै तीन खेलको अभ्यास खेल नेपालले २१ ले जितेको छ ।

१८८ रनको लक्ष्य पछ्याएको क्यानडा ४४.५ ओभरमा १७७ रनमा अल आउट भयो । क्यानडाका अली नदिमले ११६ बलमा ७ चौका र ३ छक्कासहित ८५ रनको योगदान दिए ।

नेपालका करण केसीले ९.५ ओभरमा ५५ रन खर्चेर ५ विकेट लिए । सागर ढकालले २, आरिफ शेख, रिजन ढकाल र ललितनारायण राजवंशीले १र१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको नेपाल ४८.३ ओभरमा १८७ रनमा अल आउट भयो । नेपालका कुशल भुर्तेलले तल्लोक्रममा ७० बलमा ५ चौकासहित सर्वाधिक ५२ रन बनाए ।

 

आरिफ शेखले ३९ बलमा ३ चौका र २ छक्कासहित ४० रन जोडे । आसिफ शेख ७, अनिल कुमार साह ६, देव खनाल डक, भीम सार्की ७, दीपेन्द्रसिंह ऐरी ४, अर्जुन साउद १७, कुशल मल्ल ८ र सोमपाल कामी २७ रनमा आउट भए

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्