Thursday, September 18Nepal News Portal
Shadow

नेपाली महिला फुटबल टोलीलाई युनिलिभरको ट्राभल किट


काठमाडौं । नेपालको राष्ट्रिय महिला फुटबल टोलीको आधिकारिक प्रायोजक रहेको युनिलिभर नेपालले आफ्नो पर्सनल केयर ब्रान्ड, डोभमार्फत एन्फा कार्यालयमा टोलीका २७ खेलाडी तथा अधिकारीहरूलाई विशेष ट्राभल किट हस्तान्तरण गरेको छ ।

खेलाडीहरूको सफलता लागि समर्थन गर्दै आएको युनिलिभरले परम्परागत प्रायोजनभन्दा दर्शकहरूसँग भावनात्मक सम्बन्ध कायम गर्दै सकारात्मक सामाजिक परिवर्तन ल्याउने आशा राखेको छ।

राष्ट्रिय महिला फुटबल टोलीसँगको यस सहकार्यले महिलाहरूमा सशक्तिकरण र आत्मविश्वास बढाउन सहयोग पुग्ने युनिलिभरको अपेक्षा छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्