Thursday, September 18Nepal News Portal
Shadow

पहिलो खेलमा नेपालले अमेरिकालाई पराजित गर्‍यो


काठमाडौं । नेपालले पहिलो टी२० आई खेलमा घरेलु टोली अमेरिकालाई पराजित गरेको छ । ग्राण्ड प्रेरी रंगशालामा आज बिहान भएको खेलमा नेपालले अमेरिकालाई १७ रनले पराजित गरेको हो ।

नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याएको अमेरिका ७ विकेट गुमाएर १४७ रनमै समेटियो । अमेरिकाका शायन जहानगिरले ६० रनको अविजित पारी खेले पनि टिमलाई जिताउन सकेनन् ।

 

अमेरिकाका लागि शायनले अविवित ६० रन बनाउँदा आन्द्रेस गौसले ३०, मिलिन्ड कुमारले २२ र जसदीप सिंहले १६ रन बनाए । कप्तान मोनांक पटेल र आरोन जोन्सले तीनरतीन र सैतेजा मुक्कामल्ला २ रनमा आउट भए । हरमीत सिंह दीपेन्द्रसिंहबाट शून्य रनमै एलबीडब्ल्यु आउट भए ।

नेपालको जितमा दीपेन्द्रसिंह ऐरीले ३, करण केसी, रिजन ढकाल र गुल्शन झाले एकरएक विकेट लिए ।

 

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा १६४ रन बनाएको थियो । नेपालका कप्तान रोहित पौडेलले १ छक्का र चार चौकाको मद्दतमा ४९ रनको योगदान गरे ।

नेपालका दीपेन्द्रसिंह ऐरीले १ छक्का र २ चौकासहित २८, ओपनर अनिल शाह र आसिफ शेखले समान २७र२७, गुल्शन झाले ११, कुशल भुर्तेलले १० र सोमपाल कामीले २ रन जोडे । करन केसी र आरिफ शेख शून्य रनमा आउट भए ।

अमेरिकाका हरम्रीत सिंहले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । सौरभ नेत्रवालकरले ४ ओभरमा ३५ रन खर्चेर २ विकेट लिए । जसदीप सिंहले ४ ओभरमा ३५ रन खर्चेर २ तथा अली खान र नोष्थुश केंजिगेले समान एकरएक विकेट लिए ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्