Friday, September 19Nepal News Portal
Shadow

नेप्से परिसूचकमा सामान्य अंकको वृद्धि


काठमाडौं । मंगलबार पनि नेप्से परिसूचक सामान्य अंकले बढेको छ । सोमबार ६.७८ अंकले बढेको बजार मंगलबार ५.०८ अंकले बढेर २,६१३.०८ विन्दुमा बन्द भएको हो ।

आज ६ अर्ब १९ करोड १ लाख रुपैयाँ बराबरको १ करोड १६ लाख कित्ता शेयर खरिद विक्री भएको हो । आज कारोबारमा आएका कम्पनीमध्ये १०६ कम्पनीको शेयर बढ्दा १२९ कम्पनीको शेयर घटेको छ । ८ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

आज मन्दाकिनी हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार सिईडीबी होल्डिङको भएको छ । कम्पनीको २३ करोड ७६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको हो ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्