Saturday, May 18Nepal News Portal
Shadow

फोरजी विस्तार अझै सुस्त


काठमाडौं, ४ असोज (सस) । विश्व दूरसञ्चार बजारमा अहिले चल्तीको दूरसञ्चार प्रविधि फोरजी सेवा नेपालमा सुरु भएको चार वर्ष पुग्न चार महिना मात्र बाँकी छ । पहिलो पटक २०७३ पुस १७ गते नेपाल टेलिकमले काठमाडौं उपत्यका र पोखरामा एकैपटक सुरु गरेर नयाँ पुस्ताको फोरजीको नेपालमा औपचारिक प्रवेश गराएको थियो ।

त्यसयता फोरजी सेवा विस्तारका लागि नेपालका तीनवटा दूरसञ्चार सेवा प्रदायकले यसमा अर्बौं लगानी गरे तर तथ्याङ्कले भने फोरजी प्रविधिका लागि गरिएको अर्बौं लगानीको प्रतिफल अझै लिन नसकेको देखिन्छ । उच्च गतिको मोबाइल इन्टरनेट सुविधासहितको फोरजी विस्तारको गति भने निकै ‘सुस्त’ छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार गत आर्थिक वर्ष २०७६र७७ मा नेपालमा जम्मा छ लाख २२ हजार मात्र फोरजी ग्राहक थपिएका छन् । फोरजी विस्तारकै लागि करिब २० अर्ब रुपियाँ खर्चिएको नेपाल टेलिकमले गत आवमा जम्मा २६ ग्राहक मात्र थप गर्न सकेको छ । फोरजी सेवा सुरु गरेको तीन वर्ष आठ महिनाको यो अवधिमा टेलिकमका जम्मा आठ लाख ४४ हजार मात्रै फोरजी ग्राहक छन् । यो समाचार आजको गोरखापत्रमा छ ।

Total Page Visits: 1021 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्