Sunday, May 19Nepal News Portal
Shadow

रगत अभावको समस्यालाई कम गर्न नेपाल स्वयंसेवी रक्तदाता समाज सक्रिय


काठमाडौं, ७ असोज (ससं) । पछिल्लो समय अस्पतालहरुमा रगतको अभाव बढ्न थालेपछि नेपाल स्वयंसेवी रक्तदाता समाज रगत व्यवस्थापनमा सक्रिय रुपमा लागेको छ । कोरोना भाइरस (कोभिड-१९)को जोखिम बढ्दै गएको भएपनि उच्च सतर्कता अपनाएर समाज रगत व्यवस्थापनमा सक्रिय भएर लागेको हो ।

समाजद्वारा रक्तदान गर्न र गराउनको निमित्त देशभर गरिएको आह्वानलाई सार्थक तुल्याउँदै बुधबार फुड बैंक काठमाडौंद्वारा आयोजित ४१ औं सामाजिक सेवा दिवसको अवसर पारेर रक्तदान कार्यक्रम भृकुटीमण्डपमा गरिएको थियो । उक्त कार्यक्रममा २५ जनाले रक्तदान गरेको स्वयंसेवी शतक रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्मचार्यले जानकारी दिए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका कार्यवाहक प्रमुख कार्यकारी निर्देशक सुदर्शन अधिकारी र केन्द्रीय रक्त सञ्चार सेवाकी निर्देशक डा. मनिता राजकर्णिकारको पनि उपस्थिति थियो । उक्त रक्तदान कार्यक्रमको संयोजन दीपा जैशीले गरेकी थिइन् । दिनभरी परेको झरीका कारण केही असहजता भएको भएपनि रक्तदाताहरुले उत्साहजनक सहभागिता जनाएका थिए ।

Total Page Visits: 724 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्