Tuesday, June 24Nepal News Portal
Shadow

सवारी लाइसेन्समा जेठ १ देखि नयाँ नियम लागू हुने


काठमाडौं, (ससं) । सवारी साधन अनुमति पत्र (लाइसेन्स) मा अब नयाँ नियम लागू हुने भएको छ । यो नियम दुईपांग्रे सवारी चालक अनुमतिपत्रको लागि हो । आगामी जेठ १ गतेदेखि दुई पांग्रे सवारी साधनको लाइसेन्स लिन चाहनेले ७० अंक ल्याए पुग्ने भएको छ । यस अघि सय प्रतिशत अंक ल्याउनुपर्ने नियम थियो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ लाई सैद्धान्तिक सहमति दिएसँगै यातायात व्यवस्था विभागले जेठ १ गतेबाट लागू गर्ने भएको हो।

मन्त्रालयले सहमति दिएको कार्यविधिमा विभागले कार्यान्वयन मिति तोकेसँगै अब प्रयोगात्मक परीक्षामा कम्तीमा ७० अंक ल्याए पास हुने भएको छ। अहिले प्रयोगात्मक परीक्षामा कुनै सामान्य गल्ती भए पनि फेल हुने अर्थात् पास हुन १०० पूर्णाङ्कमा १०० नै ल्याउनुपर्ने व्यवस्था रहेको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्