Friday, May 3Nepal News Portal
Shadow

उपत्यकाको निषेधाज्ञा २९ गतेसम्म जारी, यो अवधिमा कडाई गरिने


उद्योग न्युज
काठमाडौं, २१ वैशाख । काठमाडौं उपत्यकाको जारी निषेधाज्ञा थप एक साता लम्ब्याइएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । उक्त अवधिमा निषेधाज्ञा थप कडा हुने बताइएको छ ।

साथै पसल खोल्ने समय बिहान ७ देखिद ९ बजेसम्म मात्र कायम गरिएको छ ।

अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन पनि रोक लगाउने निर्णय भएको छ । यसअघि जारी भएका सबै पास खारेज गर्ने निर्णय समेत गरिएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो २५ प्रतिशत कार्यालय खोल्न पाउने र त्यहाँ २० प्रतिशत कर्मचारीले मात्रै काम चलाउनुपर्ने निर्णय भएको छ ।

Total Page Visits: 632 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्