Saturday, May 18Nepal News Portal
Shadow

बागमती प्रदेश सरकारले सबै जिल्लामा पीसीआर ल्याब सञ्चालन गर्ने


काठमाडौं । बागमती प्रदेश सरकारले सबै जिल्लामा पीसीआर ल्याब स्थापना गर्ने भएको छ। कोभिड–१९ संक्रमणको जोखिम बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै प्रदेश सरकार मातहतमा परीक्षणका लागि ल्याब स्थापना गर्ने निर्णय भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

परीक्षणका लागि तत्काल एन्टिजीन पठाएको र आरटी पीसीआर ल्याब सञ्चालनका लागि प्रक्रिया अघि बढाउने निर्णय मन्त्रालयले गरेको हो। यसअघि प्रदेशका ६ वटा जिल्लामा पीसीआर ल्याब स्थापना गरिएको छ । केही दिनअघि मात्रै दोलखाको चरिकोटमा अत्याधुनिक ल्याबले पीसीआर परीक्षण गर्न शुरु गरिसकेको छ।

मन्त्रालयको निर्णयसँगै प्रदेश अन्तर्गतका धादिङ, सिन्धुपाल्चोक, रामेछाप, रसुवा, काठमाडौं, ललितपुर र चितवनमा ल्याब स्थापना हुनेछ। मेसिन खरिद गरी स्थापना गर्न, आवश्यक पर्ने अनुमानित रकमको इष्टिमेट स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट गर्ने बताइएको छ ।

Total Page Visits: 951 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्