Saturday, May 18Nepal News Portal
Shadow

उद्योग वाणिज्य संघ ताप्लेजुङद्वारा अस्पताललाई अक्सिजन सिलिण्डर


ताप्लेजुङ । ताप्लेजुङ उद्योग वाणिज्य संघले जिल्ला अस्पताललाई ८ थान अक्सिजन सिलिण्डर प्रदान गरेको छ । संघले विभिन्न दाताबाट सहयोग जुटाएर अक्सिजन सिलिण्डर किनेर अस्पताललाई प्रदान गरेको हो ।

सांसद योगेश भट्टराई, प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङ लगायत फुङ्लिङका व्यवसायीको सहयोगमा विराटनगरबाट सिलिण्डर खरीद गरिएको संघका वरिष्ठ उपाध्यक्ष दिनेश अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार सांसद भट्टराईले दुई लाख र मन्त्री आङ्बुहाङले एक लाख रुपैयाँ सिलिण्डर खरीदमा सहयोग गरेका थिए । यस्तै बजारका ३३ व्यवसायीले एक देखि १५ हजाररुपैयाँ सम्म सहयोग गरेका थिए ।

कम्तिमा ५० सिलिण्डर प्रदान गर्ने संघको लक्ष्य अनुसार हाल ३५ थान सिलिण्डर खरीदका लागि पैसा जम्मा गरी खरीद प्रक्रिया अघि बढेकोमा ८ थान आएको हो । बाँकी आउने प्रक्रियामा रहेको बताइएको छ ।

Total Page Visits: 1322 - Today Page Visits: 3
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्