Saturday, May 18Nepal News Portal
Shadow

बुद्ध एयरमा यात्रा गर्ने ३५ सय महिला यात्रुहरू पाए पुस्तक उपहार


काठमाडौं । बुद्ध एयरले नारी दिवसका अवसरमा महिला यात्रुहरूलाई महिला लेखकका विभिन्न विधाका पुस्तक उपहार दिएको छ।

बुद्धले सांग्रिला बुक्स तथा नेपाल रिपब्लिक मिडयासँगको सहकार्यमा महिला लेखकहरूद्वारा रचित विभिन्न विधाका ३ हजार ५ सय पुस्तक यात्रुहरूलाई उपहार दिएको हो।

उपहारमा १७ जना महिला लेखकका उपन्यास, जीवनी, आत्मकथा, कविता तथा राजनीतिक विषयका आख्यान तथा गैर-आख्यानका पुस्तकहरू थिए।

नेपाली महिला पढ्छन् पनि, उड्छन् पनि नारासहित काठमाडौंसँगै विराटनगर, जनकपुर, नेपालगञ्ज, सुर्खेत र धनगढीबाट यात्रा गर्ने यात्रुहरूलाई पुस्तक उपहार दिएको कम्पनीले जानकारी दिएको छ।

Total Page Visits: 300 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्