काठमाडौ । पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष रमेश कर्माचार्यको कोरोना संक्रमणबाट बिहीबार बिहान मृत्यु भएको छ । कर्माचार्यको पुल्चोकस्थित निदान अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । २० दिनअघि उनलाई कोरोना संक्रमण भएको थियो । ३ दिनदेखि भेन्टिलेटर राखेर उनको उपचार भइरहेको थियो ।
रमेश ०६९ देखि ७१ सम्म पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष भएका थिए । उनी हिमचुली विकास बैंकको अध्यक्ष थिए भने लुम्बिनी विकास बैंकको सञ्चालक पनि थिए ।
Total Page Visits: 658 - Today Page Visits: 1