Saturday, May 18Nepal News Portal
Shadow

असोज १ गतेदेखि गुण एयरलाइन्सले उडान सुरु गर्ने


काठमाडौं । निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी गुण एयरलाइन्सले असोज १ गतेखेदि नियमित उडान सुरु गर्ने भएको छ । यो वायुसेवाले काठमाडौंबाट भरतपुर र पोखरामा नियमित उडान सुरु गर्ने गरी मंगलबारबाट नै टिकट बुकिङ खुला गरिसकेको छ ।

गुण एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) का अनुसार यो वायुसेवाले पहिलो उडान काठमाडौंबाट भरतपुर गर्ने भएको छ । पहिलो दिनको उडान असोज १ गते साढे १० बजेटबाट सुरु हुने छ ।

यो वायुसेवाले यात्रुको सेवा र सुविधाका लागि एक वर्ष भन्दा लामो समयदेखिको तयारी गरिरहेको उल्लेख रहेको छ । कोरोना महामारी न्यूनीकरण तथा रोकथाम गर्न सरकारले गत वर्ष ११ चैत २०७६ देखि गरेको लकडाउनका कारण थन्किएको वायुसेवा नयाँ ब्राण्डमा र बलियो उपस्थिति देखाउने गरी आएको छ ।

यो वायुसेवाले आठ वर्ष अगाडि आफ्नै ब्राण्डमा उडान सुरु गर्न लागेको हो । गुण एयरलाइन्सबाट सिम्रिक एयरलाइन्स भएर सात वर्ष उडान गरेपछि यसले पुनः आफ्नै ब्राण्डमा जहाज उडान सुरु गर्ने भएको छ । यो वायुसेवासँग भएको दुई वटा बिचक्राफ्ट र थप पाँच वटा जेटस्ट्रीम जहाज थप गरेको हो ।

 

Total Page Visits: 1075 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्