Saturday, June 14Nepal News Portal
Shadow

उपत्यकाका विद्यालयहरु दसैँ अगाडि सञ्चालन नहुँने


काठमाडौं । काठमाडौं उपत्यकाका धेरै जसो विद्यालयहरु दशैँ अगाडी सञ्चालन नहुँने भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुधबार निजी विद्यालयहरुका संगठनहरु प्याब्सन तथा एनप्याब्सन, अभिभावकहरु, शिक्षा तथा स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीहरुको उपस्थितिमा भएको छलफलमा कोरोना भाइरस महामारीको जोखिम कायमै रहेकाले विद्यालय खोल्न हतार नगर्ने सहमति भएको हो।

छलफलमा स्वास्थ्य मन्त्रालयका अधिकारी, शिक्षा सचिव, सीसीएमसीका अधिकारी र शिक्षा क्षेत्रसँग सरोकार राख्ने विभिन्न व्यक्तिहरु सहभागी थिए।

काठमाडौं उपत्यकाका केही स्थानीय तहले विद्यालय सञ्चालन गरेपछि निर्णयमा एकरुपताका लागि स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरोकारवालालाई छलफलमा बोलाएका थिए।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्