Saturday, May 18Nepal News Portal
Shadow

नेपाल स्वयंसेवी रक्तदाता समाजद्वार रक्तदान कार्यक्रम सम्पन्न



काठमाडौं । नेपाल स्वयंसेवी रक्तदाता समाजले रातो मच्छिन्द्रनाथको भोटो देखाउने पवित्र धार्मिक स्थल ललितपुरस्थित जावलाखेलमा लायन्स क्लब अफ काठमाडौं, युनाइटेड सेन्ट्रल र रिलायन्स फाइनान्स लिमिटेडको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कोभिड–१९ को महामारीले रक्त व्यवस्थापनमा पारेको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्दै उपचारका क्रममा पीडित पक्षलाई रगत र रगतबाट तयार पारिएका रक्त तत्वहरूको उपलब्धतामा सहजता मिल्न सकोस् भनि उक्त कार्यक्रम आयोजना गरिएको हो ।

हालैमात्र लोकार्पण गरिएको ‘अठार वर्ष,पैतालिस किलो,रक्तदान गर्न नगरौं ढिलो’ बोलको गीतले साँगीतिक गुञ्जयमानका साथ आयोजना गरिएको रक्तदान कार्यक्रममा ४१ जना महिला तथा पुरूषले रक्तदान गरेका थिए ।

नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख उपस्थितिमा उक्त रक्तदान कार्यक्रममा आयोजना गरिएको हो । रक्तदान गर्नुहुने स्वयंसेवी रक्तदाताहरूलाई अध्यक्ष कर्माचार्य र कार्यक्रमको संयोजन तथा व्यवस्थापन गरेका रिलायन्स् फाइनान्स् लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठले संयुक्तरूपमा प्रशंसा–पत्र बितरण गरेका थिए ।

लायन्स क्लब अफ काठमाडौं युनाइटेड सेन्ट्रलका अध्यक्ष रोशन कुमार श्रेष्ठको सभापतित्वमा सञ्चालित सो रक्तदान कार्यक्रममा स्वास्थ्य सेवा विभाग,नेपाल रेडक्रस सोसाइटीकी निर्देशक डा. मनिता राजकर्णिकारको समेत उपस्थिति रहेको थियो ।

 

 

Total Page Visits: 1172 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्