Saturday, May 18Nepal News Portal
Shadow

नयाँ सारथी लघुवित्त र विजय लघुवित्त मर्जरमा जाने


काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ सारथी लघुवित्त वित्तीय र विजय लघुवित्त वित्तीय संस्थालाई मर्जरमा जान अन्तिम स्वीकृति प्रदान गरेको छ । राष्ट्र बैंकले असार १५ गते पत्र पठाउँदै यी दुवै कम्पनीको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको हो । राष्ट्र बैंकले मर्जरपछि राष्ट्रियस्तरको विजय लघुवित्त वित्तीय संस्थाको नामबाट वित्तीय कारोबार सञ्चालन गर्न अन्तिम स्वीकृति प्रदान गरेको हो ।

यसअघि दुवै कम्पनीबिच गत वैशाख ३० गत मजरमा जाने अन्तिम सम्झौता भएको थियो। दुवै कम्पनीको वार्षिक साधारणसभाबाट मर्जर प्रक्रिया स्वीकृति भएपछि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । राष्ट्र बैंकले गत चैत २ गते यी दुवै लघुवित्तको मर्जरलाई सैद्धान्तिक सहमति प्रदान गरेको थियो । यी दुवै कम्पनी समान हैसियत अर्थात १ः१ शेयर स्वाप रेशियोमा मर्जरमा जान लागेका हुन् ।

Total Page Visits: 110 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्