Saturday, May 18Nepal News Portal
Shadow

चाँडपर्वमा मेला महोत्सव गर्न प्रशासनको रोक


काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले चाँडपर्वको वेला अनावश्यक रुपमा भिडभाड, मेला र महोत्व गर्न रोक लगाउने निर्णय गरेको छ । प्रशासनले बिहीबार (आज) एक सूचना जारी गर्दै आज राति १२ बजेदेखि लागू हुने गरी अनावश्यक रुपमा भिडभाड, मेला र महोत्व गर्न रोक लगाउने निर्णय गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालद्वारा जारी आदेश अनुसार अब घर बाहिर मानिसहरु जम्मा हुन नपाउने, भिडभाड गर्न नपाउने, सभा जुलुस गर्न नपाउने, जात्रा महोत्सव र भोज आदि गर्न नपाइने उल्लेख छ ।

कोभिड–१९ महामारीको रोकथाम तथा नियन्त्रण सम्बन्धमा नेपाल सरकारको निर्णय, संक्रमण रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को अपदफा ३ ले दिएको अधिकार प्रयोग गर्दै अर्को आदेश नभएसम्मका लागि सो आदेश लागु हुने जनाइएको छ ।

 

Total Page Visits: 972 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्