Saturday, May 18Nepal News Portal
Shadow

मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै


काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आज विश्वासको मत लिने भएका छन् । उनले पेस गरेको विश्वासको मत लिने प्रस्तावमाथिको छलफल र मत विभाजन आज हुने भएको हो । आज बस्ने प्रदेश सभा बैठकमा प्रस्तावमाथि छलफल गरी प्रदेश सभामा मत विभाजन हुने कार्यसूची रहेको छ । प्रदेश सभा बैठक आज दिउँसो साढे १२ बजे बस्दैछ ।

शुक्रबारको प्रदेश सभा बैठकमा मुख्मन्त्री आचार्यले विश्वासको मत माग्दै प्रस्ताव प्रदेश सभामा टेबुल गरेका थिए । बैठक सुरु हुनुअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्ता र प्रतिपक्षी दलहरूबीच शुक्रबार प्रस्ताव टेबुल गर्ने र आइतबार उक्त प्रस्तावमाथि छलफल गरी प्रदेश सभामा मत विभाजन गर्ने सहमति भएको थियो । सोहीअनुसार आज मत विभाजन गर्न लागेका हो ।

Total Page Visits: 847 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्