Saturday, May 18Nepal News Portal
Shadow

भोजपुरको पौवादुङको अध्यक्षमा किरण राई निर्वाचित


भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।

अध्यक्षमा एमालेका किरण राई २ हजार ४९९ मतसहित निर्वाचित भएका छन् भने उपाध्यक्षमा एमालेकै ज्योत्सना राई २ हजार ४०६ मत ल्याएर निर्वाचित भएकी छन् ।
त्यस्तै, अध्यक्षमा माओवादी केन्द्रका नगेन्द्र भुजेल १ हजार ६८८ मतसहित दोस्रो स्थानमा र नेपाली कांग्रेसका मनोज कार्की १ हजार ३७१ मतसहितत तेस्रो भएका छन् भने उपाध्यक्षमा माओवादीकी सम्झना राईले १ हजार ७६९ मत प्राप्त गरेकी छिन् । तेस्रो बनेकी कांग्रेसकी रामकुमारी राईले १ हजार ३८७ मत प्राप्त गरिन् ।

Total Page Visits: 967 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्