Saturday, May 18Nepal News Portal
Shadow

घट्यो हवाई भाडा


काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडा समायोजन गरेको छ।

नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेल र हवाई इन्धनको मूल्य घटाएपछि प्राधिकरणले हवाई भाडा घटाएको हो।

अब काठमाडौँ–धनगढीको हवाई भाडा ६१५ रुपैयाँले घट्नेछ। काठमाडौँ–धनगढीको फ्यूल र्चाज ६ हजार ६२५ रुपैयाँ थियो। अब ६ हजार १० रुपैयाँ कायम भएको छ।

काठमाडौँ–सिमराको फ्यूल र्चाज १२५ रुपैयाँले घट्दै १ हजार २२५ रुपैयाँमा झरेको छ।

निगमले आन्तरिक उडानतर्फको इन्धनको मूल्य प्रतिलिटर १४ रुपैयाँले घटाएको छ।

Total Page Visits: 118 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्