Deprecated: Optional parameter $networks declared before required parameter $settings_networks is implicitly treated as a required parameter in /home/udhyognews/public_html/wp-content/plugins/social-pug111/inc/functions-admin.php on line 383
१४.६८ अंकले घट्यो नेप्से परिसूचक – Udhyognews.com
Monday, July 7Nepal News Portal
Shadow

१४.६८ अंकले घट्यो नेप्से परिसूचक


काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार (आज) नेप्से परिसूचक १४.६८ अंकले घटेको छ । आइतबार (आज) बजार परिसूचक नेप्से शून्य दशमलव ६७ प्रतिशतले गिरावट हुँदा २१६८.५३ बिन्दुमा बन्द भएको हो।

२६७ धितोपत्रको ५१ हजार ९७३ वटा कारोबारबाट ८२ लाख ७६ हजार ७५१ कित्ता सेयर किनबेच भईरहेको छ । यसबाट ३ अर्ब १ करोड ७० लाख ६३ हजार ९५६ रुपैयाँको कारोबार भएको छ ।

आइतबार होटल र पर्यटन, जीवन बीमा उपसूचक हरियो देखिए भने अन्य सबै उपसूचक राताम्य देखिए । घटेको बजारमा पनि दुई वटा कम्पनीमा सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । लुम्बिनी जनरल इन्स्योरेन्स र बलेफी हाइड्रोपावरको मूल्य धेरैले बढेको हो । धेरै घट्नेमा समृद्धि फाइनान्स र सिभिल लघुवित्त वित्तीय संस्था रहेका छन् ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्