Saturday, May 18Nepal News Portal
Shadow

वैकल्पिक उर्जा प्रवद्र्धक केन्द्रले धमाधम वितरण भइरहेछ निशुल्क विद्युतीय चुलो


काठमाडौं । वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले धमाधम विद्युतीय चुलो वितरण गरिरहेको छ । केन्द्रले दुर्गमका २८ सय ६५ विद्यार्थीहरुलाई दिने भनिएको इन्डक्सन चुलो वितरण भइरहेको केन्द्रका सहायक निर्देशक डा।रणबहादुर थापाले आर्थिकन्युज डटकमलाई जनाएका छन् ।

थापाका अनुसार केन्द्रले पुस १७ गतेदेखि चुलो वितरण गर्न शूरु गरेको हो । हालसम्म एक हजार ७५६ जनालाई चुलो वितरण भइसकेको समेत उनले जानकारी दिएका छन्। उनले भने, ‘हालसम्म आवेदन दिएका मध्ये २ हजार ८६५ जना विद्यार्थी छनौटमा परेका छन् । माघ २६ गतेसम्म सबै चुलो वितरण गछौं।’

उनका अनुसार आवेदन दिएका विद्यार्थीहरुमध्ये ७ हजार ४८ जनाले केन्द्रले तोकेको मापदण्ड अनुसार आवश्यक कागजपत्र पुर्याएका छन् । जसमध्ये दुर्गम क्षेत्रका सरकारी कलेजमा पढ्ने विद्यार्थीहरु क र ख वर्गमा छनौट भएका २ हजार ८६५ जना जना रहेका थिए ।

सरकारले दुर्गम जिल्लाबाट आएर काठमाडौंमा भाडामा बसेर अध्ययन गर्ने स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने लोपोन्मुख, आदिवासी जनजाति र दलित विद्यार्थीका लागि इन्डक्सन चुलो वितरण गर्न लागेको हो ।

Total Page Visits: 248 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्