Friday, May 3Nepal News Portal
Shadow

अरबौंको लागानीमा बनेका संरचनालाई घाममा तताएर राख्न भएन : मन्त्री किराती


काठमाडौं । नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालका जहाज न्यूनतम १५ घण्टा उड्नुपर्ने बताएका छन् । सोमबार बिराटनगर विमानस्थलमा संचारकर्मीसँग उनले विमान दैनिक न्यूनतम १५ घण्टा चल्नु पर्ने बताएका हुन् ।

उनले भने “हाम्रा जहाजहरु दैनिक न्यूनतम १५ घण्टा चल्नुपर्छ । हाम्रो संस्थान नाफामा जानुपर्छ । नेपाल एयरलाइन्स डुबेको म टुलुटुलु हेरेर बस्न सक्दिनँ,”। नयाँ जहाज किन्ने बारेमा आफूलाई जानकारी नभएको उनको भनाइ छ ।

नेपालमा बनेका एयरपोर्ट पूर्णरुपमा चलाउनु पर्ने र त्यसका लागि कार्ययोजना माग गरिरहेको उनले जानकारी दिएका छन्।

कार्ययोजनाको आधारमा अनुगमन गरिरहेको उनले बताए । मन्त्री किरातीले नीतिगत रुपमा सहयोग गर्न मन्त्रालय तयार रहेको बताए ।

“नीतिगत रुपमा म पहल गर्छु । एयरपोर्ट के को आधारमा बनाइएको हो विजेनेस प्लान ल्याउनु पर्यो । अरबौंको लागानीमा बनेका संरचनालाई घाममा तताएर राख्न भएन,” उनले भने ।

अन्तर्राष्ट्रिय उडान र रुटको कूटनीतिक पहल सुरु गरेको उनले बताए । अहिले केही व्यवहारिक समस्या रहेको भन्दै उनले त्यसलाई सुधार गर्नुपर्ने धारण राखे ।

Total Page Visits: 292 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्