Thursday, January 23Nepal News Portal
Shadow

आज २१.१५ अंकले घट्यो नेप्से परिसूचक


काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार (आज) नेप्से परिसूचक २१.१५ अंकले घटेको छ। आज नेप्से १.०१ प्रतिशतले घटेर २०७०.४१ बिन्दुमा बन्द भएको छ।

बिहीबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।

गत कारोबार दिन अर्थात् बुधबार १ अर्ब ७३ करोड २५ लाख ७५ हजार २०२ रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा आज त्यो रकम घटेर आज १ अर्ब ६८ करोड ४९ लाख ४२ हजार ९६ रुपैयाँमा सीमित भएको छ।

बिहीबार सानिमा लार्ज क्याप फण्डको इकाइ मूल्य सर्वाधिक ७.६५ प्रतिशतले बढेको छ। यस दिन उक्त योजनाको इकाइ मूल्य ९ रुपैयाँ १ पैसा पुगेको छ।

यस्तै, राप्ति हाइड्रोको सेयर मूल्य ५.२३ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ३४२ रुपैयाँ पुगेको छ।

यस दिन सर्वाधिक मूल्य घट्नेमा युनिलिभर नेपाल रहेको छ। उक्त कम्पनीको सेयर मूल्य ५.९१ प्रतिशतले घटेर प्रति कित्ता मूल्य २० हजार ७०० रुपैयाँमा झरेको छ।

यस दिन हिमालयन डिष्लिरीको सर्वाधिक कारोबार भएको छ।

उक्त कम्पनीको प्रतिकित्ता २ हजार ५२४ रुपैयाँमा ५ करोड ३८ लाख बराबरको सेयर कारोबार भएको हो।

यो मूल्य अघिल्लो दिनको तुलनामा १.६४ प्रतिशत घटेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा अपि पावर रहेकोे छ। उक्त कम्पनीको २६४ रुपैयाँमा ५ करोड १३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्