Saturday, May 18Nepal News Portal
Shadow

जजीरा एयरवेजले फागुन २५ देखि भैरहवा कुवेत उडान गर्ने, एकतर्फी भाडा कति ?


काठमाडौं । जजीरा एयरवेजले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट निर्धारित उडानहरु पुनः शुरु गर्ने घोषणा गरेको छ । एयवरेजले आगामी फागुन २५ गतेदेखि सातामा भैरहवाबाट कुवतेसम्मको तीन वटा उडान गर्ने जानकारी दिएको छ ।

जजीराले भैरहवाबाट कुबेतको लागी मंगलबार, बिहीबार र शनिबार नेपाली समय अनुसार बिहान ८ः०५ बजे उडान भर्नेछ भने कुवेतमा स्थानीय समय अनुसार बिहान १०ः५५ बजे अवतरण गर्ने छ । साथै जजीरा एयरवेजले भैरहवादेखि कुवेतसम्म एकतर्फी भाडा २८ हजार ८ सय ३६ रुपैयाँ कायम गरेको छ ।

नेपालस्थित जजीरा एयरवेजका जनरल सेल्स एजेन्ट तथा सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेस्का अध्यक्ष रविचन्द्र सिंहले भने–‘नेपालमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा नेपालको समग्र पर्यटनमा सहयोग गर्ने जजीरा एयरवेजको प्रतिबद्धता अनुसारनै हामीले मध्य पूर्वमा बसोबास गर्ने विशेष गरी भारतीय नागरिकहरुका बीचमा लुम्बिनीलाई भगवान बुद्धको जन्मस्थल साथसाथै आध्यात्मिक गन्तव्यको रुपमा प्रवद्र्धन गर्दैछौ । यस प्रबद्र्धनले गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलमा अधिकतम आगमन सुनिश्चित गर्नुका साथै सम्पूर्ण पश्चिम भेगको पर्यटकीय परिस्थितिमा र राष्ट्रको समग्र आर्थिक बृद्धिमा सहयोग पुर्याउँछ भन्नेमा हामी विश्वस्त छौ ।’

Total Page Visits: 196 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्