काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले धरानलाई पर्यटनको ‘हब’ बनाउनुपर्ने बताएका छन् ।
धरान एक्स्पो–२०७९ को समापन समारोहमा मन्त्री किराँतीले पूर्वी धार्मिकस्थलहरू र सप्तकोसी जलमार्गलाई उपयोग गर्दै धरानलाई पर्यटनको हब बनाएर स्वदेशी उत्पादनको बजारीकरण गर्नुपर्ने बताएका हुन् ।
प्रविधिमैत्री किसान, उद्यमी, व्यापारी सबैले पर्यटनको दिगो विकासमा लाग्नुपर्नेमा उनले जोड दिएका छन् ।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले उत्पादनमुखी व्यापार र व्यवसायीले लगानी गरेर कमाएको पुँजीलाई धरानबाहिर लैजान नपाउने नियम बनाउन जरुरी रहेको बताएका छन् ।