Friday, September 19Nepal News Portal
Shadow

आइसिसी लिग-२ः नेपाल र ओमानबीच अहिलेसम्म भएका सात एकदिवसीय खेलको नतिजा



काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत आज नेपालले ओमानसँग खेल्दैछ। क्यानडामा भइरहेको सिरिजमा नेपालले आफ्नो दोस्रो खेल खेल्न लागेको हो।

नेपाल र ओमानबीच क्यानडाको ओन्टेरियोस्थित किंग सिटीको मेपल लिफ नर्थ(वेस्ट मैदानमा राति पौने ९ बजे खेल सुरु हुनेछ।

एकदिवसीय फर्म्याटमा नेपाल र ओमान आठौं खेलमा भिड्न लागेका हुन्। यसअघि भएका सातमध्ये चार खेलमा ओमान विजयी भएको थियो। नेपालले भने तीन खेलमा मात्र जित निकालेको थियो।

ओमानले नेपालविरूद्ध खेलेका सुरूवाती तीन खेलमा जित निकालेको थियो। सन् २०२० फेब्रुअरी ५ मा नेपाल र ओमानबीच कीर्तिपुरस्थित त्रिवि मैदानमा पहिलो एकदिवसीय खेल भएको थियो। आइसिसी लिग-२ अन्तर्गतको सो खेलमा नेपाल १८ रनले पराजित भएको थियो। कीर्तिपुर मैदानमै चार दिनपछि भएको दोस्रो खेलमा पनि नेपालले ओमानसँग ८ विकेटको हार बेहोरेको थियो।

त्यसपछि २०२१ को सेप्टेम्बरमा ओमान र नेपालबीच लिग(२ को सिरिजमा फेरि प्रतिस्पर्धा भयो। ओमानमा भएको सिरिजमा नेपालले पहिलो खेलमा ५ विकेटको हार बेहोर्दा दोस्रो खेलमा भने ७ विकेटको जित निकालेको थियो।

यस्तै २०२२ मा पनि नेपाल र ओमानबीच लिग(२ को अर्को सिरिजमा प्रतिस्पर्धा भयो। अमेरिका भएको सो सिरिजमा पनि नेपालले एक खेलमा जित र एक खेलमा हार बेहोर्‍यो। टेक्सासमा भएको खेलमा नेपालले पहिलो खेलमा १३ रनको हार बेहोरेको नेपालले दोस्रो खेलमा ७ विकेटको जित दर्ता गर्‍यो।

यस्तै नेपाल र ओमानबीच सन् २०२३ को अप्रिलमा एसिसी प्रिमियर कपको समूह चरणमा प्रतिस्पर्धा भयो। कीर्तिपुरमा भएको खेलमा नेपालले ओमानलाई ८४ रनको फराकिलो अन्तरले पराजित भएको थियो। खेलमा नेपालले पहिले ब्याटिङ गर्दा ३१० रन जोडेको थियो। खेलमा कुशल मल्लले १०८ रन जोडेका थिए।

सातौं एकदिवसीय खेल खेलेको १७ महिनापछि नेपाल र ओमानबीच आठौं एकदिवसीय खेल हुन लागेको हो।

जारी लिग-२ मा नेपाल र ओमानले अहिलेसम्म एक खेलमा मात्र जित निकाल्न सकेका छन्। ओमानले चार खेल खेल्दा नेपालले भने पाँच खेल खेलिसकेको छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्