Friday, September 19Nepal News Portal
Shadow

लिग २ मा नेपालले आज क्यानडासँग खेल्दै


 

काठमाडौं । आईसीसी विश्वकप लिग २ मा नेपालले आज घरेलु टोली क्यानडासँग दोस्रो खेल खेल्दै छ । खेल नेपाली समयअनुसार किंग सिटी मैदानमा आज राति पौने ९ बजेदेखि सुरु हुनेछ ।

त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल क्यानडासँग फराकिलो अन्तरले पराजित भएको थियो । त्यसपछि भएको ओमानसँगको खेलमा पनि नेपाल एक विकेटले पराजित भएको थियो ।

पहिलो खेलमा क्यानडासँग फराकिलो अन्तरमा पराजित भएपछि ओमानसँगको खेलमा केही खेलाडी परिवर्तन गरेपनि नेपालले जित्न सकेन । नेपालका युवा अलराउण्डर गुलशन झाले भने उत्कृष्ट प्रदर्शन गरेका थिए । उनी एकै खेलमा पाँच विकेट लिने र अर्धशतक बनाउने खेलाडीसमेत बने ।

यसपटक लिग २ मा नेपालले कमजोर प्रदर्शन गरिरहेको छ । लिग २ को सुरुआत नै कमजोर प्रदर्शनबाट भएको थियो । ७ महिनाअघि घरेलु मैदानमा भएको त्रिकोणात्मक सिरिमा नेपालले ३ खेलमा हार बेहोरेको थियो । नामिबियासँग २ र नेदरल्याण्ड्ससँग एक खेलमा पराजित भएको थियो ।

क्यानडा भ्रमणका क्रममा पनि नेपालले घरेलु टोली र ओमानसँग एकरएक खेल हारिसकेको छ । आजको खेल जितेर नेपाललाई खेलमा फर्किने अवसर छ । जित्नु पर्ने दबाबमा रहेको नेपालले क्यानडासँगको दोस्रो खेलमा पहिलो खेल खेलेका केही खेलाडी परिवर्तन गर्न सक्ने सम्भावना छ ।

क्यानडासँगको खेलपछि नेपालले ओमानसँग खेल्दै सिरिजको अन्त्य गर्नेछ । ओमानसँगको खेल ८ गते साँझ पौने ९ बजेदेखि सुरु हुनेछ ।

ओडीआई सिरिजपछि नेपालले क्यानडा र ओमानसँगै टी(२० सिरिज पनि खेल्नेछ । त्यसपछि नेपालले क्यानडा वा ए टोलीसँग थप दुई एकदिवसीय अभ्यास खेल खेल्ने सम्भावना छ ।

यो सिरिज सकेर नेपाल लिग २ का लागि अमेरिका जानेछ । त्यहाँ अमेरिका, नेपाल र स्कटल्यान्डबीच त्रिकोणात्मक र टी(२० आई दुवै सिरिज हुनेछ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्