Friday, September 19Nepal News Portal
Shadow

नेप्से परिसूचक दोहोरो १५.५४ अंकले घट्यो


काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक १५.५४ अंकले घटेको छ । आइतबार २५.४१ अंकले घटेको बजार सोमबार १५.५४ अंकले घटेर २,५९४.१३ विन्दुमा बन्द भएको हो ।

आज ६ अर्ब ६५ करोड ८ लाख रुपैयाँ बराबरको १ करोड ३८ लाख कित्ता शेयर खरिद विक्री भएको छ ।

आज ६३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १७५ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ५ वटा कम्पनी शेयर मूल्य भने स्थिर रहेको छ ।

आज बराही हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार एनआरएन इन्फ्रास्ट्रक्चर्स एण्ड डेभलपमेन्टको भएको छ । कम्पनीको ४५ करोड २५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको हो ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्