Friday, September 19Nepal News Portal
Shadow

सोमबार नेप्से परिसूचक २.४१ अंकले बढ्यो


काठमाडौं । सोमबार नेप्से परिसूचक झिनो अंकले बढेको छ । आइतबार उच्च अंकले बढेको बजार आज २.४१ अंकले बढेर २,७३० विन्दुमा बन्द भएको हो ।

आज ११ अर्ब ८७ करोड ५९ लाख रुपैयाँ बराबरको २ करोड ३७ लाख कित्ता शेयर खरिद विक्री भएको हो । आज कारोबारमा आएका कम्पनीमध्ये ९७ कम्पनीको शेयरमूल्य बढ्दा ९७ कम्पनीको शेयरमूल्य घटेको छ । ८ कम्पनीको शेयर मूल्य स्थिर रहेको ।

आज उपकार लघुवित्त वित्तीय संस्था र भूगोल इनर्जी डेभलपमेन्टको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार एनआरएन इन्फ्रास्ट्रक्चर्स एण्ड डेभलपमेन्टको भएको छ । कम्पनीको ३५ करोड ३० लाख रुपैयाँ बराबरको शेयर खरिद विक्री भएको नेप्सेले जनाएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्