Friday, May 10Nepal News Portal
Shadow

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच ?


काठमाडौं । शुक्रबार नेपाली बजारमा सुन तथा चाँदीको मूल्य बढेको छ।

अघिल्लो दिन अर्थात् बिहीबार प्रतितोला ८ सय रुपैयाँ घटेको सुनको भाउ आज प्रतितोला ८ सय रुपैयाँ ९ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १० हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, शुक्रबार पनि चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १४ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार चाँदी प्रतितोला १४ सय ५ रुपैयाँमा किनबेच भएको थियो।

Total Page Visits: 115 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्