Friday, May 3Nepal News Portal
Shadow

दशैं–तिहारमा सोफा किन्दा मज्जाले स्कुटर चढ्न पाइने


Open photoकाठमाडौं । महान चाड दशैँको अवसरमा सोफा किन्दा स्कुटर उपहार पाउने भएको छ । काठमाडौं र चितवनमा सञ्चालित सोफा व्यवसायमा विश्वसनीय कम्ंपनी सोफा हबले दशैँका लागि उक्त अफर सार्वजनिक गरेको हो।

‘सोफा लिने भनेकै सोफा हबको मात्र हो’ भन्ने मूल नाराका साथ गुणस्तरीयलाई जोड दिदै सहुलियत मूल्यमा सोफा हबले नेपालीहरुको महान पर्व विजयादशमी, शुभदिपावली तथा छठ पर्वको अवसर पारेर सोफा किन्ने ग्राहकलाई लक्षित गरेर धमाकादार अफर सार्वजनिक गरिएको सोफा हबका म्यानेजिङ डाइरेक्टर तारालाल (हरि) धरेलले जानकारी दिएका छन्।
उपहार अन्तर्गत इभी स्कुटर, इलेक्टिक जग, आइरन, वेड कभर, डोर म्याटलगायत थुप्रै उपहार भएको पनि युवा व्यवसायी समेत रहेका धरेलले बताएका छन् ।

सञ्चालक धरेलका अनुसार सोफा हबमा सोफा किन्न आउने हरेक ग्राहकलाई कुपन प्रदान गरिनेछ । उक्त कुपनमार्फत स्क्राच गर्दा विजेता ग्राहकलाई उपहार योजना प्रदान गरिने छ। जसमा भाग्यशाली ग्राहकले निश्चित रुपमा स्कुटर उपहार पाउने निश्चित भएको छ । सोफा हबको काठमाडौँको सामाखुशी रेडनस्थित कोइराला मार्ट, गोठाटार हाईट र चितवनको लङ्कुमा आउटलेट रहेको छ ।

विगत ७ वर्षदेखि सञ्चालित सोबा हव अधिकाँश ग्राहकको रोजाईको केन्द्र बन्दैआएको छ। कम्पनीले दक्ष कामदार र गुणस्तरीय सामान प्रयोग गरि ग्राहकको मागलाई मध्यनजर गर्दै कोइराला मार्ट, गोठाटार हाइट र चितवनको लंकुबाट हरेक किसिमको सोफा तथा फर्निचरका सामग्री उत्पादन तथा बिक्री गर्दै आइरहेको छ।

५ देखि १० वर्षसम्म वारेन्टी समेत दिएको उक्त सोबा हबले ग्राहकको घरसम्म निःशुल्क डेलिभरीसमेत प्रदान गरिदैआएको सोफा हबले जनाएको छ । घरायसी तथा कार्यालय प्रयोजनका फर्निचरका सामान ग्राहकहरूले सिधै फोन गरेर वा अनलाइनबाट अर्डर गर्ने व्यवस्थासमेत रहेको कम्पनीले जनाएको छ । १५० जना भन्दा बढी कामदारलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा रोजगार दिएको छ ।

Total Page Visits: 223 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्