Friday, May 3Nepal News Portal
Shadow

विदेशी लगानीका सिमेन्ट उद्योग बढी नाफामा


काठमाडौं । नेपालमा सञ्चालनमा रहेका विभिन्न ५५ वटा सिमेन्ट उद्योहरूमध्ये प्रत्यक्ष विदेशी लगानीका उद्योगले मात्रै बढी नाफा कमाउन सफल भएका छन् । नेपाल राष्ट्र बैंकले गरेको ‘नेपालमा सिमेन्ट उद्योगमा वैदेशिक लगानीः आर्थिक सामाजिक प्रभावको अध्ययन’ प्रतिवेदन अनुसार नेपाली सिमेन्टले क्षमता अनुसार उत्पादन गर्न नसक्दा र उद्योगहरूको क्षमता अनुसार सिमेन्ट उत्पादन हुन नसक्दा अझै आयातमै भर पर्नुपरेको अवस्था रहेको देखिएको छ ।

नेपालमा उपलब्ध चुनढुंगा खानीलाई समुचित उपयोगमा ल्याई सिमेन्टको बढ्दो आन्तरिक माग परिपूर्ति गर्न भने विदेशीलाई नै प्रोत्साहन दिनुपर्ने सुझाव अध्ययन प्रतिवेदनले दिएको छ । सिमेन्टको आयात कटौती तथा निर्यात प्रवद्र्धन गर्न वैदेशिक लगानीमा थप सिमेन्ट उद्योगहरू खोल्न दिन उपयुक्त हुने पनि अध्ययन प्रतिवेदनको निष्कर्ष रहेको छ ।
सरकारी र निजी स्वामित्व रहेका उद्योगहरूको तुलनामा प्रत्यक्ष विदेशी लगानी रहेका उद्योगहरूको सञ्चालन र मुनाफा राम्रो रहेको अध्ययन प्रतिवेदनले औल्याएको छ । विदेशी लगानीमा स्थापित सिमेन्ट उद्योगहरूको उत्पादन क्षमता उच्च र उत्पादन लागत न्यून भएको हुँदा नेपालीको तुलनामा नाफा बढी रहको उल्लेख छ ।

मुलुक भित्रै सिमेन्ट उत्पादन बढ्दो क्रममा रहेका कारण केही वर्षदेखि सिमेन्टको आयात घट्दै गइरहेको भएपनि उद्योगहरूले क्षमता अनुसार उत्पादन गर्न नसक्दा अझै आयात भने भइरहेको अवस्था रहेको छ । स्थापित उद्योगहरू पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेमा सिमेन्ट आयात घट्दै जाने अवस्था भने देखिएको अध्ययन प्रतिवेदनले औल्याएको छ ।

 

Total Page Visits: 1160 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्