Friday, May 17Nepal News Portal
Shadow

आइएमई ग्रुपको लगानीमा लुम्बिनी केबलकारको निर्माण हुँदै,


काठमाडौं । व्यवसायिक घरना आइएमई ग्रुपले देशभरी नै केबलकार निर्माण थालेको छ हो । ग्रुपको लगानीमा निर्माणधिन लुम्बिनी केबलकार एक वर्षभित्र सञ्चालनमा ल्याउने बताइएको छ ।

अहिले केबलकार निर्माणको काम धमाधम भइरहेको ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । उनले २०७९ पुससम्म केबलकार निर्माण सम्पन्न हुने जानकारी दिएका छन ।

बुटवलदेखि पाल्पासम्मको केबलकारको लम्बाई ३ किलोमिटर रहेको छ । लुम्बिनी केवलकार प्रालिले निर्माण गरिरहेको केबलकारको लागत साढे ३ अर्ब रुपैयाँ रहने अनुमान गरिएको छ ।

उक्त केबलकारको शिल्यानास तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन १ गते शनिबार शिलान्यास गरेका थिए । केवलकारले बुटवलको चिडियाखोलादेखि पूर्व पाल्पाको वसन्तपुरसम्म जोड्ने बताइएको छ ।

बुटवल उपमहानगरपालिका ३ बमघाटमा केबलकारको तल्लोस्टेसन र पाल्पाको तिनाउ गाउँपालिका ३ वसन्तपुरमा माथिल्लो अन्तिम स्टेसन रहने जनाइएको छ । पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३, बसन्तपुर डाँडामा टपस्टेशन तथा होटल कम्प्लेक्स निर्माण हुने भएको हो ।

वसन्तपुरमा कामेक्षा मन्दिर निर्माण र १५० कोठासहितको सुविधासम्पन्न होटल तथा रेष्टुरेन्टसमेत सञ्चालन गर्ने तयारी गरिको कम्पनीले जनाएको छ । बसन्तपुरमा रहेको दुर्गामाताको मन्दिरलाई पुनरोत्थान गरी एउटा नयाँ धार्मिक गन्तब्य बनाउनुका साथै पार्क, पिकनिक स्पट तथा बाल उद्यानहरु निर्माण गर्ने योजना लुम्बिनीको रहेको छ ।

१० मिनेटको यात्रामै तराई र पहाड अनुभव तथा हिमाली दृश्यावलोकन गर्न सकिने कम्पनीले बताएको छ । बटम स्टेशनदेखि टपस्टेशन अर्थात वसन्त डाँडामा पुग्न १० मिनेट लाग्नुका साथै मनोकेवल डिट्याचेवल गोन्डाला सिस्टम रहेको केवलकारले दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्ने जनाइएको छ ।

गोण्डालाको संख्या २४ रहने छ । केवलकार टावर ९ वटा हुने कम्पनीले जनाएको छ । केवलकारको अन्तर्राष्ट्रिय केवलकार उत्पादक तथा परामर्शदाता कम्पनी डोपलमेयर रहेको छ । अन्तर्राष्ट्रियस्तरको केवलकार बनाउन कम्पनीसँग सम्झौता भइसकेको लुम्बिनीले जनाएको छ ।
प्रदेश नं ५ कै महत्वपूर्ण पर्यटकीय क्षेत्रका रुपमा विकास गर्दै लुम्बिनी आएका बाह्य तथा आन्तरिक पर्यटकलाई पाल्पासम्म ल्याउने योजना केवलकारको रहेको छ ।

महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले ७ वटै प्रदेशमा केवलकार सञ्चालनमा ल्याउने घोषणा गरेका छन । सोही घोषणाअनुसार उनले लुम्बिनीमा केवलकार सञ्चालनका लागि पूर्वाधार बनाउन थालेका हुन ।

यस्तै आईएमई ग्रुपको अगुवाइमा काठमाडौंको चन्द्रागिरीमा पनि रिसोर्टसहितको केवलकार सञ्चालनमा आइसकेको जनाइएको छ । सोही ग्रुपको लगानीमा नवलपरासी ९बर्दघाट–सुस्तापूर्व० को गैंडाकोटमा रहेको धार्मिक तीर्थस्थल मौलाकालिका मन्दिर जान केबुलकार निर्माण सुरु भएको छ ।

मौलाकाली केबुलकार कम्पनीले आगामी १ वर्षभित्र मौलाकालिका मन्दिरमा केबुलकार सञ्चालनमा ल्याउने गरी निर्माणको काम सुरु गरेको हो । केबलकार बनाउन डेढ अर्ब लगानी हुने कम्पनीले जानकारी दिएको छ । उक्त केबलकार पुस ९ गतेबाट सञ्चालन हुने बताइएको छ ।

Total Page Visits: 577 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्