Friday, May 10Nepal News Portal
Shadow

महासङ्घको चुनाव निकै रोचक बन्ने देखियो सङ्केत


काठमाडौं। आगामी चैत्र २९ गते हुने नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ नेतृत्वको लागी हुने निर्वाचन निकै रोचक बन्ने सङ्केत देखिएको छ। पहिलेदेखि नै पहाडिया मूलका र मारवाडी समुदायका गरी २ भागमा विभाजित उद्योगी व्यापारीहरूमा देखा परेको नयाँ समीकरणले महासङ्घको ५७ औँ वार्षिक साधारण सभालाई रोमाञ्चक बनाउने देखिएको हो।

हालसम्म महासङ्घको अबको वरिष्ठ उपाध्यक्ष बन्ने दौडमा हालका एसोसिएट्स तर्फका उपाध्यक्ष रामचन्द्र सघाई र चर्चित औषधी उद्योगी/व्यवसायी उमेशलाल श्रेष्ठ आकांशीका रुपमा देखिएका छन्। हाल कार्यकारी समितिमा नभएपनी हालका उद्योग समूह तर्फका उपाध्यक्ष दिनेश श्रेष्ठको बलियो साथ उमेशलाललाई रहेको बुझिएको छ। समाचार स्रोतका अनुसार उमेशको पक्षमा समर्थन जुटाउन व्यस्त रहेका दिनेशलाल अहिले अर्का बस्तुगत समूह तर्फका उपाध्यक्ष अञ्जन श्रेष्ठलाई पनि उमेशको पक्षमा सक्रिय गराउन लागि परेका छन्।

राजनीतिक पहुँच र सुझबुझको अभावले गर्दा हालको सङ्कटमा समेत अध्यक्ष शेखर गोल्छाले उल्लेखनीय काम गर्न र ब्यवाशयिको बृहत्तर हित रक्षाका लागि सरकार र राज्यसँग काम गर्न नसकेको भन्ने उनीहरूको बुझाई रहेको देखिएको छ। आफ्नो समुदायले अहिले अलिक फरक ढङ्गले सोचेको बताउँदै दुगड समुहका एक प्रभावशाली उद्योगीले भने, हामी व्यक्तिको जन्म, उत्पत्ति र छालाको रङ्ग हेर्न पक्षमा छैनौँ। राजनीतिक रुपमा पहुँच भएको, उद्योगीरव्यवसायीको हित रक्षाको लागि लबिङ गर्न सक्ने मान्छे चाहियो। उमेश जी मा त्यो छ जस्तो लाग्छ।

उता मारवाडी समुदायको प्रतिनिधित्व गर्दै वरिष्ठ उपाध्यक्षको प्रतिस्पर्धामा उत्रने तयारीमा रहेका रामचन्द्र सघाई भने हालका वरिष्ठ उपाध्यक्ष तथा अबका अध्यक्ष चन्द्र ढकालका निकटका हुन्। अब ढकाल उनको पक्ष वा विपक्ष कता उभिन्छन् भन्ने खुलिसकेको छैन। तर पनि विशाल ग्रुपमा आफ्ना व्यावसायिक साझेदार समेत रहेका संघाईलाई ढकालको साथ र समर्थन मिल्ने प्रबल सम्भावना छ।

उनलाई पनि पहाडिया मूलका उद्योगी/व्यापारीको साथ मिल्ने सम्भावना छ। मारवाडी समुदायका अतिरिक्त चन्द्र ढकालको समेत साथ पाउँदा संघाईले पहाडिया समुदायका अरुपनि धेरै व्यापारीको सहयोग पाउन सक्छन्। तर, रामचन्द्रबाट महासङ्घ चल्दैनु भन्ने एउटा भाष्य समेत यसबिच बजारमा फैलिएको छ। त्यसले उनको नेतृत्व क्षमतामा नै प्रश्न उठाएको देखिन्छ।

Total Page Visits: 214 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्