Thursday, May 9Nepal News Portal
Shadow

आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले निफ्राको सञ्चालक समितिबाट दिय राजीनामा


काठमाडौं। आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) को सञ्चालक समितिबाट राजीनामा दिएका छन्। पछिल्लो समय कार्यव्यस्तता बढ्दै गएका कारण राजीनामा दिएको जानकारीमा आएको हो।

निफ्राको मंगलबार बसेको सञ्चालक समितिको बैठकले ढकालको राजीनामा स्वीकृत गरेको छ। ढकाल नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष छन्।

यही महिनाको अन्तिममा उनी महासंघको अध्यक्ष बन्दै छन्। ढकाल ग्लोबल आइएमई बैंकका अध्यक्ष पनि हुन्।

ढकालले राजीनामा गरेपछि निफ्राको सञ्चालक समितिमा ६ जना सदस्य मात्र छन्।निफ्राको अध्यक्षता विशाल ग्रुपका सञ्चालक अनुज अग्रवाल छन्।

सरकारको तर्फबाट श्रीकृष्ण नेपाल सञ्चालक रहेका छन्। निफ्राको अन्य सञ्चालकहरुमा लीलामणि जोशी, शंकरप्रसाद अधिकारी, सुमन पोख्रेल र लीमा अधिकारी आचार्य छन्।

Total Page Visits: 169 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्