Sunday, May 5Nepal News Portal
Shadow

प्रदेश १

उद्योग वाणिज्य संघ ताप्लेजुङद्वारा अस्पताललाई अक्सिजन सिलिण्डर

उद्योग वाणिज्य संघ ताप्लेजुङद्वारा अस्पताललाई अक्सिजन सिलिण्डर

उद्योग, प्रदेश, प्रदेश १
ताप्लेजुङ । ताप्लेजुङ उद्योग वाणिज्य संघले जिल्ला अस्पताललाई ८ थान अक्सिजन सिलिण्डर प्रदान गरेको छ । संघले विभिन्न दाताबाट सहयोग जुटाएर अक्सिजन सिलिण्डर किनेर अस्पताललाई प्रदान गरेको हो । सांसद योगेश भट्टराई, प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङ लगायत फुङ्लिङका व्यवसायीको सहयोगमा विराटनगरबाट सिलिण्डर खरीद गरिएको संघका वरिष्ठ उपाध्यक्ष दिनेश अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार सांसद भट्टराईले दुई लाख र मन्त्री आङ्बुहाङले एक लाख रुपैयाँ सिलिण्डर खरीदमा सहयोग गरेका थिए । यस्तै बजारका ३३ व्यवसायीले एक देखि १५ हजाररुपैयाँ सम्म सहयोग गरेका थिए । कम्तिमा ५० सिलिण्डर प्रदान गर्ने संघको लक्ष्य अनुसार हाल ३५ थान सिलिण्डर खरीदका लागि पैसा जम्मा गरी खरीद प्रक्रिया अघि बढेकोमा ८ थान आएको हो । बाँकी आउने प्रक्रियामा रहेको बताइएको छ ।...