Sunday, May 5Nepal News Portal
Shadow

प्रदेश १

प्रसिद्ध धार्मिकस्थल हलेसी मन्दिरको महत्व वर्णन अब आधिकारिक गाइडबाट

प्रसिद्ध धार्मिकस्थल हलेसी मन्दिरको महत्व वर्णन अब आधिकारिक गाइडबाट

पर्यटन, प्रदेश १, प्रमुख समाचार
काठमाडौं । खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाले प्रसिद्ध धार्मिकस्थल हलेसी मन्दिरको महत्व बुझाउन स्थानीय २५ जना युवालाई पर्यटक गाइड तालिम दिएको छ। हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको संगमस्थल हलेसी आउने पर्यटक तथा भक्तजनलाई त्यहाँको आधिकारिक महत्व बुझाउँदै पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यका साथ नगरपालिकाले आठ दिने तालिम दिएको हो। हलेसी तथा आसपासका धार्मिक एवं पर्यटकीयस्थलको महत्वका बारेमा आआफ्नै तवरले वर्णन गरिएकाले आगामी दिनमा आधिकारिक गाइडबाट आधिकारिक महत्व मात्र जानकारी दिने उद्देश्यले तालिमको आयोजना गरिएको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख विमला राईले बताइन्। हलेसी, ताराखसे, तुवाचुङ–जयाजुम लगायतका पर्यटकीयस्थललाई आ–आफ्नै धारणाअनुसार वर्णन तथा व्याख्या गर्ने गरेको पाइएको छ, उनले भनिन्, यसले गर्दा त्यसको ऐतिहासिकता गुम्दै गएकाले विषय विज्ञलाई झिकाएर पर्यटक गाइड त...
काठमाडौं महानगरले आइतबार पनि सेवा दिने

काठमाडौं महानगरले आइतबार पनि सेवा दिने

प्रदेश १, प्रमुख समाचार
काठमाडौं । काठमाडौं महानगरपालिकाले आइतबार पनि सेवा दिने भएको छ। महानगरद्वारा शुक्रबार (हिजो) जारी सूचना अनुसार सार्वजनिक बिदाको दिन आइतबार बिहान ८ देखि ११ बजेसम्म कार्यालय सञ्चालन गरिने भएको हो। महानगरको राजश्व विभाग र वडा कार्यलयहरू उक्त समय अवधिभित्र सञ्चालन रहने महानगरको विभागीय प्रमुखद्वारा जारी सूचनामा जनाइएको छ । नागरिकको सेवालाई ध्यानमा राखी आइतबार नै गर्नुपर्ने अत्यावश्यक कामका लागि सहयोग होस् भन्दै कार्यालय सञ्चालन गर्न लागिएको सूचनामा भनिएको छ।...
भोजपुरको पौवादुङको अध्यक्षमा किरण राई निर्वाचित

भोजपुरको पौवादुङको अध्यक्षमा किरण राई निर्वाचित

प्रदेश, प्रदेश १, राजनीति
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा एमालेका किरण राई २ हजार ४९९ मतसहित निर्वाचित भएका छन् भने उपाध्यक्षमा एमालेकै ज्योत्सना राई २ हजार ४०६ मत ल्याएर निर्वाचित भएकी छन् । त्यस्तै, अध्यक्षमा माओवादी केन्द्रका नगेन्द्र भुजेल १ हजार ६८८ मतसहित दोस्रो स्थानमा र नेपाली कांग्रेसका मनोज कार्की १ हजार ३७१ मतसहितत तेस्रो भएका छन् भने उपाध्यक्षमा माओवादीकी सम्झना राईले १ हजार ७६९ मत प्राप्त गरेकी छिन् । तेस्रो बनेकी कांग्रेसकी रामकुमारी राईले १ हजार ३८७ मत प्राप्त गरिन् ।...
त्रिविले हप्तामा २ पटक बिदा नदिने

त्रिविले हप्तामा २ पटक बिदा नदिने

प्रदेश, प्रदेश १, शिक्षा/स्वास्थ्य, समाचार
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले शैक्षिक संस्थाहरुमा पनि शनिबार र आइतबार बिदा दिने सरकारको निर्णय कार्यान्वयन नगर्ने बताएको छ । कोभिडका असरका कारणले शैक्षिक सत्र ढिलो भएको र पठनपाठन कार्य तथा परीक्षाका तालिकाहरू पहिले नै निर्धारण भइसकेको लगायत कारण देखाउँदै हप्तामा दुई दिन बिदा नदिने त्रिविले बताएको हो । विश्वविद्यालयले आज एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मको लागि साबिकबमोजिम नै आइतबार समेत विश्वविद्यालयमा पढाइ सञ्चालन हुने जानकारी गराएको छ । जारी सुचनामा भनिएको छ,‘विश्वविद्यालयको पाठ्यक्रमको संरचनासमेत ६ कार्य दिनलाई ध्यानमा राखेर निर्माण भइसकेको हुँदा विद्यार्थीहरूको पठनपाठन र विश्वविद्यालयबाट प्रदान गरिने स्वास्थ्य सेवा लगायत अन्य सेवाहरूलाई नियमित रूपमा सञ्चालन गर्न आवश्यक भएकोले अर्को सूचना जारी नभएसम्मका लागि साबिक बमोजिम नै आइतबार समेत विश्वविद्यालयका सेवाहरू स...
प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले दिए राजीनामा

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले दिए राजीनामा

प्रदेश १, राजनीति, समाचार
काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएका छन्। सोमबार (आज) दिउँसो संसदलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले पदबाट राजीनामा दिएका हुन्। एमाले पार्टी एकताका लागि भन्दै मुख्यमन्त्री रहेका शेरधन राईले राजीनामा दिएपछि आचार्य गत भदौ १० गते मुख्यमन्त्री बनेका थिए। नेकपा एमाले विभाजन भएपछि उनले संवैधानिक व्यवस्था अनुसार प्रदेशसभामा विश्वासको मत लिनुपर्ने थियो। जनताको विश्वास भएपनि संसदको अंकगणितको कारण राजीनामा दिनु परेको मुख्यमन्त्री आचार्यले बताएका छन्।  ...
मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

प्रदेश १, राजनीति
काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आज विश्वासको मत लिने भएका छन् । उनले पेस गरेको विश्वासको मत लिने प्रस्तावमाथिको छलफल र मत विभाजन आज हुने भएको हो । आज बस्ने प्रदेश सभा बैठकमा प्रस्तावमाथि छलफल गरी प्रदेश सभामा मत विभाजन हुने कार्यसूची रहेको छ । प्रदेश सभा बैठक आज दिउँसो साढे १२ बजे बस्दैछ । शुक्रबारको प्रदेश सभा बैठकमा मुख्मन्त्री आचार्यले विश्वासको मत माग्दै प्रस्ताव प्रदेश सभामा टेबुल गरेका थिए । बैठक सुरु हुनुअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्ता र प्रतिपक्षी दलहरूबीच शुक्रबार प्रस्ताव टेबुल गर्ने र आइतबार उक्त प्रस्तावमाथि छलफल गरी प्रदेश सभामा मत विभाजन गर्ने सहमति भएको थियो । सोहीअनुसार आज मत विभाजन गर्न लागेका हो ।...
उद्योग संगठन मोरङद्वारा उद्योगी र व्यवसायीका लागि उत्प्रेरणामूलक कार्यक्रम सम्पन्न

उद्योग संगठन मोरङद्वारा उद्योगी र व्यवसायीका लागि उत्प्रेरणामूलक कार्यक्रम सम्पन्न

प्रदेश, प्रदेश १, प्रमुख समाचार, समाचार
विराटनगर । उद्योग संगठन मोरङकले नेपाली युवा उद्यमी मञ्च, विराटनगर च्याप्टरको सहयकार्यमा संकटको समयमा व्यापारको पुनःरणनीतिकरण विषयक उत्प्रेरणामूलक कार्यक्रम सम्पन्न गरेको छ । उद्योग तथा व्यवसाय क्षेत्रले भोग्नु परेका व्यवसायीक समस्यालाई दृष्टिगत गरी विभिन्न उद्योग÷प्रतिष्ठानका सञ्चालक र उच्च व्यवस्थापकहरुको व्यवस्थापकीय क्षमता अभिवृद्धि गर्ने उद्देश्यले भदौ ३ गते बिहीबार उक्त कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा संगठनका अध्यक्ष सुयश प्याकुरेलले विश्वव्यवापी महामारीले सिर्जना गरेको आर्थिक संकटले सबै क्षेत्रलाई निराश तुल्याएको समयमा उद्योगी व्यवसायीले आफ्नो व्यवस्थापकीय क्षमतालाई अभिवृद्धि गर्दै दीर्घकालिन रणनीति तर्जुमा गर्नुपर्ने धारणा राखे । उनले संगठनद्वारा आयोजित फरक धारको यस कार्यक्रमका माध्यमबाट उद्योगी व्यवसायीहरुलाई उत्प्रेरणा मिल्ने विश्वास व्यक्त गरे । कार्यक्रमका सं...
ग्लोबल आइएमई बैंक र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ बीच समझदारी

ग्लोबल आइएमई बैंक र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ बीच समझदारी

प्रदेश, प्रदेश १, बैंक तथा वित्त
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ बीच महासंघका सदस्यहरुलाई सहज बैंकिङ्ग सेवा पुर्याउने समझदारी भएको छ । समझदारी पत्रमा बैंकको प्रदेश नं. १ प्रमुख सुभाष सापकोटा तथा महासंघको तर्फबाट महासंघको प्रदेश नं. १ अध्यक्ष टिकाराज ढकालले हस्ताक्षर गरेका छन् । समझदारीअनुसार बैंकले महासंघको सिफारिसमा बैंकिङ्ग पहुँच नभएका साना व्यवसायी, युवा व्यवसायी, स्टार्टअप, नव उद्यमी तथा कृषि व्यवसायमा संलग्न उद्यमीहरूलाई प्राथमिकतामा राखी विभिन्न बैंकिङ्ग सेवाहरु प्रदान गर्नेछ । त्यसैगरी अपांगता भएका व्यक्तिहरुले व्यवसायिक कर्जा लिन चाहेमा विषेश सुविधासहित कर्जा उपलब्ध गरिने पनि समझदारी पत्रमा उल्लेख छ । हस्ताक्षर कार्यक्रममा महासंघका प्रदेश उपाध्यक्ष राजेन्द्र राउत, केन्द्रीय सदस्यहरु तथा बैंकका कर्मचारीहरुको उपस्थिति रहेका थियो ।...
प्रदेश नं १ को बजेट अधिवेशन २४ जेठ मा

प्रदेश नं १ को बजेट अधिवेशन २४ जेठ मा

आर्थिक गतिविधि, प्रदेश, प्रदेश १
काठमाडौं । प्रदेश नं १ मन्त्रिपरिषद्को बिहिबार (आज) बसेको बैठकले प्रदेशसभाको बजेट अधिवेशन यही जेठ २४ गते आह्वानका लागि सिफारिश गर्ने निर्णय गरेको छ । मुख्यमन्त्रीको कार्यालयमा बसेको बैठकले उक्त दिन अपराह्न २ः०० बजे अधिवेशनका लागि प्रदेश प्रमुखसमक्ष सिफारिश गर्ने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले जानकारी जानकारी दिएका हुन् ।...
दिक्तेल रुपाकोट मझुवागढीका मेयर र उपमेयरले प्रयोग गर्दै आएका २ वटा गाडी एम्बुलेनसको रुपमा प्रयोग गर्न दिने

दिक्तेल रुपाकोट मझुवागढीका मेयर र उपमेयरले प्रयोग गर्दै आएका २ वटा गाडी एम्बुलेनसको रुपमा प्रयोग गर्न दिने

प्रदेश, प्रदेश १, प्रमुख समाचार
काठमाडौं । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर र उपमेयरले आफूले प्रयोग गर्दै आएका २ वटा गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिने घोषणा गरेका छन् । जिल्लामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि नगरप्रमुख दिपनारायण रिजाल र उपप्रमुख बिणादेवी राईले प्रयोग गर्दै आएका बा. २ झ ३४६७ र को १ झ ६६८ नम्बरका २ वटा गाडी एम्बुलेन्स बनाउँने निर्णय गरेका हुन् । कोरोना भाइरस नियन्त्रण र व्यवस्थापनलाई ध्यानमा राखी एम्बुलेन्सको रूपमा जेठ १ गते (आज)बाटै अस्पतालसम्म बिरामी ओसारपसारका लागि प्रयोगमा ल्याउन दिने निर्णय गरिएको मेयर दिपनाराय रिजालको सचिवालयले जनाएको छ ।...