काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएका छन्। सोमबार (आज) दिउँसो संसदलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले पदबाट राजीनामा दिएका हुन्।
एमाले पार्टी एकताका लागि भन्दै मुख्यमन्त्री रहेका शेरधन राईले राजीनामा दिएपछि आचार्य गत भदौ १० गते मुख्यमन्त्री बनेका थिए। नेकपा एमाले विभाजन भएपछि उनले संवैधानिक व्यवस्था अनुसार प्रदेशसभामा विश्वासको मत लिनुपर्ने थियो।
जनताको विश्वास भएपनि संसदको अंकगणितको कारण राजीनामा दिनु परेको मुख्यमन्त्री आचार्यले बताएका छन्।