Saturday, May 18Nepal News Portal
Shadow

ग्लोबल आइएमई बैंक र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ बीच समझदारी


काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ बीच महासंघका सदस्यहरुलाई सहज बैंकिङ्ग सेवा पुर्याउने समझदारी भएको छ । समझदारी पत्रमा बैंकको प्रदेश नं. १ प्रमुख सुभाष सापकोटा तथा महासंघको तर्फबाट महासंघको प्रदेश नं. १ अध्यक्ष टिकाराज ढकालले हस्ताक्षर गरेका छन् । समझदारीअनुसार बैंकले महासंघको सिफारिसमा बैंकिङ्ग पहुँच नभएका साना व्यवसायी, युवा व्यवसायी, स्टार्टअप, नव उद्यमी तथा कृषि व्यवसायमा संलग्न उद्यमीहरूलाई प्राथमिकतामा राखी विभिन्न बैंकिङ्ग सेवाहरु प्रदान गर्नेछ ।

त्यसैगरी अपांगता भएका व्यक्तिहरुले व्यवसायिक कर्जा लिन चाहेमा विषेश सुविधासहित कर्जा उपलब्ध गरिने पनि समझदारी पत्रमा उल्लेख छ । हस्ताक्षर कार्यक्रममा महासंघका प्रदेश उपाध्यक्ष राजेन्द्र राउत, केन्द्रीय सदस्यहरु तथा बैंकका कर्मचारीहरुको उपस्थिति रहेका थियो ।

Total Page Visits: 715 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्