Friday, September 19Nepal News Portal
Shadow

ब्यानर

ऊर्जा राज्यमन्त्रीसहितका १८ निर्माण कम्पनी कालोसूचीमा

ऊर्जा राज्यमन्त्रीसहितका १८ निर्माण कम्पनी कालोसूचीमा

प्रमुख समाचार, ब्यानर
काठमाडौं । विभिन्न १८ निर्माण कम्पनी कालोसूचीमा परेका छन् । जसमा ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङको कान्छाराम कन्स्ट्रक्सन समेत कालोसूचीमा परेको हो । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सूचना जारी गर्दै रामेछापबाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फ निर्वाचित कांग्रेस नेता एवम् राज्यमन्त्री तामाङको कम्पनी २ वर्ष ६ महिनासम्मका लागि कालोसूचीमा राखेको हो । सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा १ बमोजिम शुक्रारदेखि लागू हुने गरी कालो सूचीमा राखिएकोले उक्त निर्माण व्यवसायी तथा आपूर्तिकर्ताले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने बिहीबार निर्णय भएको कार्यालयले बताएको छ । कार्यालयले अरू थप दुई कम्पनीलाई दुई वर्ष, ३ कम्पनीलाई डेढ वर्ष र अन्य ६ कम्पनीलाई एक वर्षसम्मका लागि कालोसूचीमा राखेको...
यू-१९ महिला टी-२० विश्वकप छनोटः नेपालको लगातार दोस्रो जित

यू-१९ महिला टी-२० विश्वकप छनोटः नेपालको लगातार दोस्रो जित

खेलकुद, ब्यानर, समाचार
काठमाडौं । युएईमा भइरहेको आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटको आफ्नो दोस्रो खेलमा नेपालले बिहीबार कुवेतलाई १०८ रनले पराजित गरेको छ । छनोटमा नेपालको यो लगातार दोस्रो जित हो । यसअघि पहिलो खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनले पराजित गरेको थियो । लगातार दुई जितबाट नेपालले ४ अंक जोडेको छ ।   दुबईस्थित दि सेभेन्स स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३० रन बनाएको थियो । १३१ रनको लक्ष्य पछ्याएको कुवेत नेपाली बलिङ सामु टिक्न सकेन र १३ ओभरमा सबै विकेट गुमाएर २२ रनमै अलआउट भयो । कुवेतका लागि कप्तान तथा ओपनर जिफा जिलानीले १२ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । कुवेतका ६ खेलाडी खातासमेत नखोली आउट भए । कुवेतलाई अलआउट गर्न नेपालका लागि रचनाकुमारी चौधरी र सीमा केसीले २-२ विकेट लिए । सीमाले दुई ओभर बलिङ गर...
काठमाडौंका ८ स्थानमा छठ पर्व मनाइँदै

काठमाडौंका ८ स्थानमा छठ पर्व मनाइँदै

प्रमुख समाचार, ब्यानर
काठमाडौ‌ं। काठमाडौ‌ंका ८ स्थानमा छठ पर्व मनाइने भएको छ । काठमाडौं महानगरपालिकाका अनुसार गौरी घाट, कोटेश्वर दोभान, कमल पोखरी, वंशीघाट, बालाजु बाइसधारा, धौखेल खोला, कुमारी क्लब र भुवनेश्वरी मन्दिरमा छठ पर्व मनाइन लागिएको हो । काठमाडौ‌ं महानगरपालिकाका मेयर बालेन शाहले सबै आस्था र संस्कारहरूलाई सम्मान प्रकट गर्दै महानगरले काठमाडौँका ८ स्थानमा छठ व्यवस्थापनका लागि काम गर्दै आएको बताए । महानगरपालिकाले उल्लेखित स्थानमा छठ पर्व मनाउनका लागि पोखरी सरसफाइ, पोखरी वरिपरि रङ्गरोगन र छठ पर्व स्थल व्यवस्थापनको कामलाई द्रुतता दिएको उनले बताए ।...

साफ महिला च्याम्पियनसिप–२०२४ः नेपाल बंगलादेशसंग पराजित

खेलकुद, प्रमुख समाचार, ब्यानर
काठमाडौं । फाइनलमा नेपाललाई २–१ ले पराजित गर्दै साफ महिला च्याम्पियनसिप–२०२४ को उपाधि बंगलादेशले जितेको छ । बंगलादेशले लगातार दोस्रोपटक साफको उपाधि जितेको हो । बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा बंगलादेशलाई जित दिलाउन मोनिका चक्मा र ऋतु पोर्ना चक्माले गोल गरिन् । नेपालकी अमिशा कार्कीले गोल फर्काए पनि नेपालको हार टार्न सकिनन् । तिनै गोल दोस्रो हाफमा भएको हो ।   खेलको ५२औँ मिनेटमा मोनिका चक्माले गोल गर्दै बंगलादेशलाई अग्रतामा राखेकी थिइन् । कप्तान सविना खातुनले नेपाली रक्षकबाट भएको गल्तीको फाइदा उठाउदै निकालेको बललाई नियन्त्रणमा लिँदै मोनिकाले गोल गरेकी थिइन् । तर, नेपालले चार मिनेटमै गोल फर्कायो । नेपालकी अमिशा कार्कीले गोल गर्दै नेपाललाई बराबरीमा फर्काएकी हुन् । प्रीति राईले निकालेको थ्रू बललाई नियन्त्रणमा लिँदै अमिशाले सहजै गोल गरिन् । ८१औँ मिनेट...

टक्सार विभागमा असर्फी किन्नेको भीड

प्रमुख समाचार, बैंक तथा वित्त, ब्यानर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असर्फी बिक्री गरिरहेको छ। आज एक दिनको लागि मात्रै २.५ ग्राम तौलको सिक्का बिक्री गरिएको राष्ट्र बैंकको टक्सार महाशाखाले बताएको छ । अपराह्न ४ बजेसम्म सिक्का बिक्री गर्ने र एउटा व्यक्तिलाई एक थानका दरले पहिले आउनेलाई प्राथमिकता दिई बिक्री भइरहेको छ । सुनको सिक्काको मूल्य आजको सुनको बजार मूल्यका आधारमा निर्धारण गरिएको छ । त्यस्तै, १० तथा २५ ग्रामको चाँदीको सिक्का भने हिजोदेखि विक्री सुरु भएको छ । यसको मूल्य तैल र डिजाइन अनुसार २२०० रुपैयाँदेखि ८५७५ रुपैयाँसम्म तोकिएको छ...
वनमन्त्री शाहीले जैविक विविधता अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै

वनमन्त्री शाहीले जैविक विविधता अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै

कृषि तथा वन, प्रमुख समाचार, ब्यानर
काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले कोलम्बियामा जारी जैविक विविधता महासन्धिसम्बन्धी १६औँ अन्तर्राष्ट्रिय सम्मेलन (कोप) १६० लाई आज सम्बोधन गरेका छन् । वन वातावरण मन्त्रिस्तरीय बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी आइतबार त्यसतर्फ प्रस्थान गरेका थिए । कोलम्बियाको काली सहरमा यही अक्टोबर २६ देखि ३१ तारिखसम्म हुने सम्मेलनमा मन्त्री शाहीले आज र भोलि अक्टोबर २९ तारिखमा हुने उच्चस्तरीय बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ । उनले ‘प्रकृति र शान्ति’ तथा ‘जैविक विविधता र वित्त’ विषयका दुई सत्रका छलफललाई सम्बोधन गर्नेछन् । मन्त्री शाही यही कात्तिक १७ गते स्वदेश फर्कने कार्यक्रम छ ।...
एनआरएनएमा राजनीति नगर्न प्रधानमन्त्रीको सुझाव

एनआरएनएमा राजनीति नगर्न प्रधानमन्त्रीको सुझाव

प्रमुख समाचार, ब्यानर
काठमाडौं । प्रधानमन्त्री केपी शर्माले गैरआवासीय नेपाली संघ ९एनआरएनए०भित्र राजनीति नगर्न आग्रह गरेका छन् । उनले राजनीतिक दलका आआफ्नै संगठनहरु भए पनि संस्थाभित्र राजनीति नगर्न सुझाव दिएका हुन् । एनआरएनए दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘पोलिटिकल पार्टीका आफ्नै संगठनहरु होलान्, त्यल्ले आफ्नो काम आफैं गर्ला, यस संगठन भित्र पोलिटिकल ‘टग अफ वार’ नगरौं ।’   एनआरएनएलाई राजनीतिक हस्तक्षेप र प्रयोगबाट बाहिरै राख्नुपर्ने आफूले लामो समयदेखि बताउँदै आएकोसमेत प्रधानमन्त्रीले ओलीले बताए । प्रधानमन्त्री ओलीले गैरआवासीय नेपालीको माग सम्बोधन गर्न संविधानमै गैरआवासीय नागरिकता उल्लेख गरेको बताए । अहिले गैरआवासीय नेपालीले नागरिकताको काम नभएको गुनासो गरेकाले त्यसलाई पनि सम्बोधन गर्ने उनले बताए । ‘यसको समस्याको समाधान कसरी गर्ने हो म भन्न चाहन्छु तप...
विद्युत प्राधिकरणले ४३ उद्योगको काट्यो बिजुली

विद्युत प्राधिकरणले ४३ उद्योगको काट्यो बिजुली

ऊर्जा, प्रमुख समाचार, ब्यानर
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत महसुल वापतको बक्यौता नबुझाएको भन्दै ४३ उद्योगको विद्युत् लाइन काटिदिएको छ। डेटिकेटेड फिडर र ट्रंक लाइन वापतको विद्युतको बक्यौता नबुझाउने ४३ उद्योगको लाइन बिहीबार राति काटिएको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ। विद्युत प्राधिकरणले सोनापुर सिमेन्ट, अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्टको विद्युत लाइन काटेको छ। त्यस्तै भलवारी स्वचालित कारखाना, हुलास स्टिल, अशोक स्टिल, हिमाल आइरन एण्ड स्टिल, घोराही सिमेन्ट, सोनापुर सिमेन्ट, श्याम प्लास्टिक उद्योगलगायत कारखानाको पनि विद्युत काटिएको छ। गत असोज २४ गते प्राधिकरणले सूचना प्रकाशित गरेर ४९ उद्योगलाई २०७२ माघदेखि २०७५ वैशाखसम्मको डेडिकेटेड फिडर तथा ट्रंक लाइन वापतको बक्यौता बुझाउन ताकेता गरेको थियो। उनीहरूलाई कात्तिक ८ गतेसम्मको समय सीमा दिएको थियो। प्राधिकरणका अनुसार बिहीबार मात्रै पाँ...
जलवायु अनुकूलन र दिगोपनालाई प्राथमिकतासहित विश्वव्यापी साझेदारीमा नेपालले भूमिका खेल्छ स् प्रधानमन्त्री

जलवायु अनुकूलन र दिगोपनालाई प्राथमिकतासहित विश्वव्यापी साझेदारीमा नेपालले भूमिका खेल्छ स् प्रधानमन्त्री

प्रमुख समाचार, ब्यानर
  काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा जलवायु अनुकूलन र दिगोपनालाई प्राथमिकता दिँदै विश्वव्यापी साझेदारीसँग सहकार्य गर्न नेपाल तयार रहेको स्पष्ट गरेका छन् । “हामी विश्वस्त छौँ कि जलवायु परिवर्तनको समस्यालाई सम्बोधन गर्न संयुक्त राष्ट्र सङ्घको नेतृत्वले हामीलाई साझा समाधानका लागि अगाडि बढ्न निरन्तर मार्ग निर्देशन गर्नेछ, जुन हामी जस्ता कमजोर राष्ट्रहरूको अस्तित्वको लागि आवश्यक छ’’ प्रधानमन्त्री ओलीले भने, “विश्वभरको यो अस्थिर र अस्पष्ट अवस्थामा नेपाल राष्ट्रसङ्घका सिद्धान्तप्रति आफ्नो प्रतिबद्धतामा अडिग रहेको छ । हामी शान्ति, सुरक्षा, दिगो विकास, र वातावरण संरक्षण प्रवर्द्धन गर्न विश्वव्यापी प्रयासलाई समर्थन गर्न जारी राख्नेछौँ ।’’ उनले नेपालको परराष्ट्र नीतिको एक अङ्गको रूपमा, सधैँ शान्तिपूर्ण सहअस्तित्व, सार्वभौमसत्ताको लागि पारस्परिक सम्मान र अहस्तक्षेपका सि...
डेडिकेटेड लाइनको बक्यौता उठाउने कुरामा मन्त्रालय र प्राधिकरणबिच मतभेद छैनः  मन्त्री खड्का

डेडिकेटेड लाइनको बक्यौता उठाउने कुरामा मन्त्रालय र प्राधिकरणबिच मतभेद छैनः मन्त्री खड्का

ऊर्जा, प्रमुख समाचार, ब्यानर
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले डेडिकेटेड लाइनको बक्यौता उठाउने सम्बन्धमा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणका बिचमा मतभेद नभएको जनाएका छन् । बुधबार मन्त्रालयको एक सय दिनको मुख्य उपलब्धिहरू सार्वजनिक गर्न आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले डेडिकेटेड लाइनको बक्यौता उठाउने सम्बन्धमा मन्त्रालय र विद्युत् प्राधिकरणका बिचमा कुनै मतभेद नभएको स्पष्ट पारेका हुन् । मन्त्री खड्काले यो विषय संसदीय समितिमा पुगिसकेको भन्दै संसदीय समितिबाट केही निर्णय आउने विश्वास व्यक्त गरे । उनले यस विषयमा मन्त्रालय र प्राधिकरणका बिचमा छलफल भइरहेको र मन्त्रालयले सम्बन्धित व्यवसायीहरूसँग पनि निरन्तर छलफल गरिरहेको बताए । उनले उद्योगीहरूले विद्युत् उपभोग गरेको कुराको प्रमाण जुटाउने कामपनि भइरहेको जनाए ।   उनले भने, ‘कुलमान घिसिङलाई हटाउने भन्ने कुरा हास्यास्पद हो । ...