Monday, April 29Nepal News Portal
Shadow

ब्यानर

वाणिज्य बैंकहरुको नाफा साढे २० अर्बभन्दा बढी

वाणिज्य बैंकहरुको नाफा साढे २० अर्बभन्दा बढी

बैंक तथा वित्त, ब्यानर
काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को चार महिनामा वाणिज्य बैंकहरुले साढे २० अर्बभन्दा बढी नाफा आर्जन गरेका छन्। चार महिनाको अवधिमा वाणिज्य बैंकहरुले २० अर्ब ७३ करोड २२ लाख ६० हजार खुद नाफा आर्जन गरेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । जुन गत असोज मसान्तसम्मको तुलनामा एक अर्ब १८ करोड ८५ लाख रुपैयाँले बढेको हो । गत असोज मसान्तसम्ममा भने बैंकहरूले १९ अर्ब ५४ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएका थिए । चालु आवको पहिलो चौमासिकमा सबैभन्दा धेरै नाफा भने नबिल बैंकले कमाएका छ । बैंकले चार महिनामा २ अर्ब १६ करोड ९६ लाख बढी खुद नाफा कमाएको छ । गत असोजमा भने नबिल बैंक धेरै नाफा कमाउनेको दोस्रो सूचीमा थियो । धेरै नाफा कमाउनेको दोस्रो स्थान भने ग्लोबल आइएमई बैंक देखिएको छ । बैंकले चार महिनामा १ अर्ब ९४ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको छ । एक महिनामै कम्पनीले १६ करोड ७५ लाख रुपैयाँ नाफा कमाएक...
उद्योगमन्त्री रिजाल भन्छन्ः– आर्थिक सङ्कट विश्वव्यापी हो, उद्योगी व्यवसायी निरास हुनु पर्दैन

उद्योगमन्त्री रिजाल भन्छन्ः– आर्थिक सङ्कट विश्वव्यापी हो, उद्योगी व्यवसायी निरास हुनु पर्दैन

आर्थिक गतिविधि, उद्योग, प्रमुख समाचार, ब्यानर
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले अहिलेको आर्थिक सङ्कट नेपालको मात्र नभई विश्वव्यापी भएकाले उद्योगी एवं व्यवसायीलाई निरास नहुन आग्रह गरेका छन् । उनले चेम्बर अफ कमर्श, रुपन्देहीको आयोजनामा बुधबारदेखि भैरहवामा सुरु भएको छैटौँ लुम्बिनी प्रादेशिक महोत्सवको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रिजालले मुलुक बनाउन उद्योगी व्यवसायीको भूमिका महत्वपूर्ण हुने बताए । “सबैले देश आर्थिक सङ्कटमा छ भनेर भनिरहँदा लगानी गर्ने मानिसमा नैराश्यता उत्पन्न भएको मैले महसुुस गरेको छु”, उनले भने, “यो समस्या नेपालमा मात्र हैन, संसारभर आएको हो, अन्य मुलुकका उद्योगी व्यवसायी एवम् अन्य डटेर सामना गरिरहँदा हामी निरासाका कुरा मात्र गरिरहेका हुन्छौँ ।” नेपाल अहिले अधोगतिमा नभई उभोगतिमा रहेको बताउँदै मन्त्री रिजालले केही विश्वसनीय आधार रहेका कारण ढुक्क भएर लगानी गर्न आग्रह गरे । “तपाईहर...
सर्वसाधारणका लागि मुक्तिनाथ कृषि कम्पनीको आइपिओ आजबाट

सर्वसाधारणका लागि मुक्तिनाथ कृषि कम्पनीको आइपिओ आजबाट

आर्थिक गतिविधि, ब्यानर, शेयर बजार, समाचार
काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले आज (शुक्रबार) देखि सर्वसाधारणका लागि आइपिओ बिक्री खुला गरेको छ। कम्पनीले ११ लाख ४८ हजार कित्ता सेयर जारी गरेको हो। प्रतिकित्ता एक सय रूपैयाँ अंकित मूल्यको आधारमा सेयर जारी गरिरहेको छ। लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ। यसमा मंसिर १२ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा सबै सेयर बिक्री नभएमा मंसिर २२ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जानकारी दिएको छ। कम्पनीले १४ करोड रूपैयाँ बराबरको सेयर निष्कासन गर्ने अनुमति पाएको थियो। जसमध्ये, कम्पनीले पहिलो चरणमा १ लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ। कम्पनीले ४२ हजार कित्ता सेयर कर्मचारीहरू र ७० हजार कित्ता...
यो दसैँमा नयाँ नोट साट्ने मितिको अत्तोपत्तो छैन

यो दसैँमा नयाँ नोट साट्ने मितिको अत्तोपत्तो छैन

उपभोक्ता, ब्यानर, समाचार
काठमाडौं । गत वर्षको दसैँ आउनुभन्दा एक महिना अगाडि नै नयाँ नोट सट्ने मिति तय भएको थियो । तर नेपाल राष्ट्र बैंकले यो वर्ष भने कहिलदेखि नयाँ नोट सटही गर्ने भन्ने निर्णय लिन सकेको छैन् । यो वर्षको दसैँ आउन अब २३ दिन मात्र बाँकी छ । काठमाडौंबाट दसैँ मनाउन गाउँ जानेहरूले आफ्नो बन्दोवस्त मिलाउन थालिसकेका छन् । तर, नयाँ नोट यो वर्ष कहिलेबाट सटही गर्ने भनेर अहिलेसम्म आधिकारिक निर्णय नभएको नेपाल राष्ट्र बैंकका सह–प्रवक्ता डा. डिल्लिराम पोखरेल बताउँछन् । राष्ट्र बैंकले यो वर्ष पनि सधैझैं नयाँ नोट प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ नै दिने उनले बताए । “गएका वर्षहरूमा जस्तै यो वर्ष पनि हामीले प्रतिव्यक्ति १८ हजार रुपैयाँका दरले नै नयाँ नोट सटही गर्ने छौं । तर, कहिलेबाट नयाँ नोट सटही सुविधा दिने भनेर हामीले निर्णय गरेका छैनौं,” उनले भने, “नयाँ नोट बैंक तथा वित्तीय संस्थामा कति आवश्यक छ भनेर हाम...
औद्योगिक वातावरण बनाउनु सरकारको लक्ष्य : मन्त्री रिजाल

औद्योगिक वातावरण बनाउनु सरकारको लक्ष्य : मन्त्री रिजाल

ब्यानर, समाचार
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकार उद्योगी व्यवसायीको समस्यालाई समाधान गरी मुलुकमा औद्योगिक वातावरण बनाउन लागिपरेको बताएका छन्। मन्त्रालयद्वारा वीरगन्जमा आयोजित सरकारको वाणिज्य नीतिसम्बन्धी मधेस प्रदेशस्तरीय अन्तरक्रिया तथा छलफलमा उनले उद्योगी व्यवसायीले उठाउँदै आएको लेवलिङ, कर तथा आयात र निर्यात लगायतका समस्याप्रति सरकार गम्भीर रहेका बताए । उनले यो समस्या छिट्टै समाधान हुने पनि जानकारी दिए । ‘मुलुकको अर्थतन्त्रका मेरुदण्ड उद्योग, व्यवसायी भएकाले उद्योगी व्यवसायीको समस्या समाधान गरी मुलुकमा औद्योगिक वातावरण निर्माण गर्नु सरकारको लक्ष्य छ,’ मन्त्री रिजालले भने, त्यसैले सरकारद्वारा ल्याउन लागिएको वाणिज्य नीतिका विषयमा सरोकारवालासँग छलफल अघि बढाइएको हो।’ सरोकारवालाको सुझावका आधारमा सरकारले वाणिज्य नीति ल्याउने उनको भनाइ थियो। राजनीतिक परिवर्तन भए पनि...
खण्डहर बन्यो गोल्छाले डुबाएको भृकुटी कागज कारखाना

खण्डहर बन्यो गोल्छाले डुबाएको भृकुटी कागज कारखाना

उद्योग, ब्यानर, समाचार
नवलपुर। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ मा रहेको भृकुटी पल्प एन्ड पेपर नेपाल लिमिटेड बन्द भएपछि खण्डहर बन्दै गइरहेको छ। नेपाललाई कागजमा आत्मनिर्भर बनाउने उद्देश्यले चार दशक अघि स्थापना गरिएको नेपालकै ठूलो कागज कारखानाको अवस्था अहिले अस्पतालको भेन्टिलेटरमा राखिएको बिरामीजस्तै भएको स्थानीयवासी बताउँछन् । भृकुटी कागज कारखाना नजिकैका ७० वर्षीय रामेश्वर कँडेलले उद्योग सञ्चालनमा हुने बेलासम्म यहाँ निकै चहलपहल हुने गरेको स्मरण गरे। “विसं २०६५/६६ सम्म यो भृकुटीचोकमा अहिलेको नारायणगढ बजारको भन्दा कम चहलपहल हुँदैनथ्यो”, उनले भने, “उद्योगमा काम गर्ने सात–आठ सय मजदुर काममा जाने र निस्कने गर्दा त्यो दृश्य निकै नै रोचक लाग्थ्यो।” विसं २०६७ मा उद्योग बन्द भएपछि यहाँको चहपहल घटेसँगै उद्योग खण्डहर बन्दै गएको कँडेलले बताए। “उद्योग चल्ने बेलासम्म त उद्योग रहेको ठाउँ आकर्षक देखिन्थ्यो”...
अर्थमन्त्री महत भन्छन्ः महिला औद्योगिक पार्क अवधारणा कसैले रोक्न सक्दैन

अर्थमन्त्री महत भन्छन्ः महिला औद्योगिक पार्क अवधारणा कसैले रोक्न सक्दैन

आर्थिक गतिविधि, उद्योग, ब्यानर, समाचार
काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले महिला औद्योगिक पार्क अवधारणा अगाडि बढेको बाताएका छन्। शुक्रबार दक्षिण एसियाली महिला मञ्चले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महतले महिला औद्योगिक पार्क अवधारणा अगाडि बढिसकेको र अब कसैले रोक्न नसक्ने दाबी गरेका हुन्। ‘सुन्दा यो सामान्यजस्तो लाग्छ, पछि मान्छेले थाहा पाउँछन्, यो दुरगामी अवधारणा हो। महत्वपूर्ण सुरुवात भएको छ, यसलाई कार्यान्वयनमा लैजानुपर्छ। देशैभरि यसको सञ्जाल विस्तार गर्नुपर्छ, कार्यक्रममा मन्त्री महतले भने, ‘नेपालमा धेरै ठूलो संख्यामा युवाहरू विदेशिन्छन्। महिलाको तुलनामा पुरुषको संख्या ठूलो छ। त्यसैले यहाँ कसैले स्थिरता दिन सक्छन् भने ति महिलामात्र हुन्।’ ग्रामीण र आधुनिक अर्थतन्त्रमा महिलाको भूमिका वृद्धि भइरहेको हुँदा यसलाई राज्यले प्राथमिकताका साथ प्रवर्द्धन गर्ने उनले प्रतिवद्धता गरे। ‘‘अहिले कृषि व्यवसा...
मुक्तिनाथ कृषि कम्पनी: कृषि औजारदेखि विउविजनसम्म

मुक्तिनाथ कृषि कम्पनी: कृषि औजारदेखि विउविजनसम्म

उत्पादनमूलक, कृषि तथा वन, ब्यानर, समाचार
सीता बुढाथोकी काठमाडौं । मुक्तिनाथ विकास बैंकको लगानीमा सञ्चालित मुक्तिनाथ कृषि कम्पनीमा कृषि औजारदेखि विउविजनसम्म पाइन्छन् । यो कम्पनीमा मुक्तिनाथ विकास बैंकको लगानीमात्र हैन सर्वसाधारणको लगानी भित्र्याउन नेपाल धितोपत्र बोर्डमा निवेदनसमेत दिइएको छ । बोर्डबाट स्वीकृति पाएपछि कम्पनीले सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्नेछ । काठमाडौंको बसुन्धारामा यो कम्पनीको केन्द्रीय कार्यालय रहेको छ । कम्पनीले युवा पुस्तालाई कृषि व्यवसायमा आकर्षण गर्ने प्रमुख उद्देश्यका लिएको छ । कम्पनीले आफ्ना उद्देश्य अनुसार हाल कृषकहरूलाई आवश्यक गुणस्तरीय उत्पादनका साधनहरू जस्तैः– मल, बिउ, रोग तथा किरा नियन्त्रक, औजार/उपकरणसहित कृषि परामर्श सेवा, अनुसन्धान, विकास र प्रविधि प्रसारका साथै कृषि उत्पादनहरूको राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारीकरण सम्बन्धी कार्यहरू गर्दै आएको छ । यस कम्पनीले कृषिमा व...
“रोजगारी दिनका लागि हामीलाई सरकारले काम गर्ने अवसर दिनुपर्छः” रवि सिंह, अध्यक्ष निर्माण व्यवसायी संघ

“रोजगारी दिनका लागि हामीलाई सरकारले काम गर्ने अवसर दिनुपर्छः” रवि सिंह, अध्यक्ष निर्माण व्यवसायी संघ

आर्थिक गतिविधि, ब्यानर, समाचार
काठमाडौं । विगत लामो समय देखि विकास निर्माण क्षेत्रमा भोग्दै आयको समस्या सरकारको पक्षबाट कमजोरी भएको भन्दै निर्माण व्यवसायीहरु आन्दोलनमा आएका छन् । नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ९ बुँदे माग अघि सार्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । सबै निर्माण कार्यको भुक्तानी हुनुपर्ने, सबै आयोजनाको एकमुष्ट रूपले म्याद थप गरिनुपर्नेलगायत माग राख्दै महासंघले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । निर्माण व्यवसायीकै मागमा सरकारले पूर्वाधार आयोजनाको म्याद राजपत्रमा सूचना प्रकाशित गरेर थपिसकेको छ । शुक्रवार राजधानीमा देशभरका ४ सयभन्दा बढी व्यवसायीको उपस्थितिमा सम्पन्न राष्ट्रिय भेलाले दिएको म्यान्डेटअनुसार महासंघले आइतवार आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो । आइतवार पत्रकार सम्मेलन गरेको महासंघले सरकार आफ्ना प्रतिबद्धताबाट हटेको, मागहरू सम्बोधन नभएको भन्दै आन्दोलन गर्न बाध्य भएको...
प्रविधिको प्रयोगसँगै व्यावसायिक कृषि उत्पादनमा जोड दिँदै खाद्य बैंक

प्रविधिको प्रयोगसँगै व्यावसायिक कृषि उत्पादनमा जोड दिँदै खाद्य बैंक

आर्थिक गतिविधि, बैंक तथा वित्त, ब्यानर, समाचार
सीता बुढाथोकी, काठमाडौं । नेपालमा विभिन्न मुलुकबाट अरबौं रुपैयाँको कृषिउपज आउँछ । भारतबाट मात्र पनि एक खर्बभन्दा बढीको कृषि उपज नेपाल भित्रिने गरेको छ । त्यसमा पनि नेपालमै उत्पादन गर्न सक्ने खाद्य वस्तुमा बढी छन् । कृषि मन्त्रालयका अनुसार नेपालको प्रतिव्यक्ति धानखपत प्रतिवर्ष १३७.५ केजी छ । धान, मकै, फापर, गहुँ, कोदो, तेलजन्य कच्चापदार्थ, तरकारी जस्ता कृषि उपजहरू नेपालमै उत्पादन गर्न सकिन्छ । कृषिजन्य भूमि मासिँदै गएपछि खाद्यन्नमा नेपाल परनिर्भर भएको छ । यसका साथै नेपालमा व्यावसायिकभन्दा पनि आफ्नो गुजाराका लागि बढी खाद्य वस्तु उत्पादन हुने गरेको छ । नेपालमै खाद्य वस्तु उत्पादन गरेर आयातित खाद्य सामग्रीको कम खपत गर्न नेपाल खाद्य बैंकले आधुनिक कृषि सामाग्री उत्पादन तथा प्रशोधन गर्न थालेको छ । ७५३ वटै स्थानीय तहमा पुग्ने गरी यो बैंकले काम गरिरहेको छ । विज्ञ समूहले स्थापना गरेको यो खाद्...