Monday, April 29Nepal News Portal
Shadow

उद्योगमन्त्री रिजाल भन्छन्ः– आर्थिक सङ्कट विश्वव्यापी हो, उद्योगी व्यवसायी निरास हुनु पर्दैन


काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले अहिलेको आर्थिक सङ्कट नेपालको मात्र नभई विश्वव्यापी भएकाले उद्योगी एवं व्यवसायीलाई निरास नहुन आग्रह गरेका छन् । उनले चेम्बर अफ कमर्श, रुपन्देहीको आयोजनामा बुधबारदेखि भैरहवामा सुरु भएको छैटौँ लुम्बिनी प्रादेशिक महोत्सवको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रिजालले मुलुक बनाउन उद्योगी व्यवसायीको भूमिका महत्वपूर्ण हुने बताए ।

“सबैले देश आर्थिक सङ्कटमा छ भनेर भनिरहँदा लगानी गर्ने मानिसमा नैराश्यता उत्पन्न भएको मैले महसुुस गरेको छु”, उनले भने, “यो समस्या नेपालमा मात्र हैन, संसारभर आएको हो, अन्य मुलुकका उद्योगी व्यवसायी एवम् अन्य डटेर सामना गरिरहँदा हामी निरासाका कुरा मात्र गरिरहेका हुन्छौँ ।”

नेपाल अहिले अधोगतिमा नभई उभोगतिमा रहेको बताउँदै मन्त्री रिजालले केही विश्वसनीय आधार रहेका कारण ढुक्क भएर लगानी गर्न आग्रह गरे । “तपाईहरुको संरक्षकत्व, अभिभावकत्व नेपाल सरकारले लिनेछ, भविष्यमा आउने समस्याको सामना गर्न नेपाल सरकार तपाईहरुको साथमा रहनेछ”, रिजालले भने, “ब्याज समस्याका विषयमा सरकारले पहल गरिरहेको छ, निरास भइहाल्नुपर्ने अवस्था छैन ।”

कार्यक्रममा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवी साहले मेलाको उद्देश्य औद्योगिक वस्तुको खरिद बिक्री मात्र नभई संस्कारको पुस्तान्तरणसमेत रहेको बताइन् । यसै सन्दर्भमा मन्त्रालयले ‘नवप्रवर्तनमा आधारित स्थानीय आर्थिक विकासको अवधारणा’ अघि बढाएको उनको भनाइ छ । यसको लागि चालु आर्थिक वर्षमै कार्यक्रम र कार्यान्वयनमा लागेको मन्त्री साहको भनाइ छ ।

Total Page Visits: 239 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्