Thursday, May 16Nepal News Portal
Shadow

भक्तपुर नगरपालिकाद्वारा सातामा दुई दिन बिदा नदिन निर्देशन


काठमाडौं । भक्तपु्र नगरपालिकाले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय लागू नगर्न निर्देशन दिएको हो ।  नगरपालिकाले बिदा नदिन मातहतका विद्यालयलाई निर्देशन दिएको हो।

नगरपालिकाले आज एक सूचना जारी गर्दै अर्को सूचना नआएसम्म आइतबार विद्यालय बन्द नगर्न भनेको छ ।

‘नगरपालिकाको सूचनामा भनिएको छ, ‘सरकारले जेठ १ गतेदेखि लागू हुनेगरी हप्तामा दुई दिन प्रत्येक शनिबार र आइतबार बिदा दिने निर्णय भए पनि भक्तपुर नगरपालिकाबाट अर्को सूचना जारी नभएसम्मका लागि साबिक बमोजिम नै विद्यालय सञ्चालन गर्न र गराउन अनुरोध छ,’ भक्तपुर ।

Total Page Visits: 573 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्