Wednesday, May 15Nepal News Portal
Shadow

अरुण भ्याली हाइड्रोपावरको नाफा २१ प्रतिशतले वृद्धि


काठमाडौं । अरुण भ्याली हाइड्रोपावरको खुद नाफा २१ प्रतिशले वृद्धि भएको छ । हाइड्रोपावरको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २१ प्रतिशतले नाफा बढेको वित्तीय विवरण सार्वजानिक गरेको हो ।
गत आर्थिक वर्षको चैत मशान्तसम्ममा ५ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु आर्थिक वर्षको सोहि अवधिमा ७ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको छ जुन गत वर्षको तुलनामा २१.६७ प्रतिशतले धेरै हो ।
विद्युत विक्रीबाट हुने आम्दानी घटेको भए पनि अन्य स्रोतमार्फत हुने आम्दानी बढ्दा उसको नाफा बढेको हो।
कम्पनीको विद्युत बिक्रीबाट प्राप्त हुने आम्दानी भने २२.२९ प्रतिशतले घटेर ४ करोड २५ लाख रुपैयाँमा झरेको छ । गत वर्षको यसै अवधिमा उसले विद्युत बिक्रीबाट ५ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

Total Page Visits: 1471 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्