Wednesday, May 15Nepal News Portal
Shadow

लक्ष्मीनारायन बहुउद्देश्यीय सहकारीले आयोजना गरेको रक्तदान कार्यक्रममा ३६ जना सहभागी


काठमाडौं, २० मंसिर (ससं) । लक्ष्मीनारायन बहुउद्देश्यीय सहकारी संस्थाले शनिबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । मुलुकमा रगतको अभाब भइरहेको अवस्थामा जिल्ला सहकारी संघ, काठमाडौंका अध्यक्ष ज्ञान बहादुर तामाङको प्रमुख आतिथ्यतामा रक्त्दान कार्यक्रम सम्पन्न गरेको हो । संस्थाले कागेश्वरी मनहरा नगरपालिकाको वडा नं.–६ मा रहेको गणेश हिमाल मा.बिको प्राङ्गणमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा ३६ जनाले रक्तदान गरेका थिए ।

 

कार्यक्रममा नेपाली काङ्ग्रेस काठमाडौं क्षेत्र नं. २ का सभापति उपेन्द्र कार्की, विभिन्न सहकारीका प्रतिनिधि, विद्यलयका प्रधानाध्यापक ,राजनीतिक दलका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो । विभिन्न रचनात्मक एवम सामजिक कार्यमा अग्रनी भूमिका निर्वाह गर्दै आएका सो सहकारीका अध्यक्ष शंकर थापाको अध्यक्षतामा उक्त सहकारीले आयोजना गरेको रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।

Total Page Visits: 654 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्