Wednesday, May 15Nepal News Portal
Shadow

नेप्से परिसूचक २००० विन्दुमा, ७ अर्ब ४० करोडको शेयर कारोबार


 

काठमाडौं, १६ मंसिर (ससं) । मंगलबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २००० विन्दुमा पुगेर बन्द भएको छ । आजको कारोबार अवधिभर २०२२ विन्दुसम्म पुगेको नेप्से परिसूचक ३.३५ झिनो अंकले वृद्धि भएको हो ।

१९७ कम्पनीको १ करोड ८५ लाख ७६ हजार ७०८ कित्ता शेयर ७ अर्ब ४० करोड ४१ लाख रुपैयाँमा खरिद विक्री भएको छ । सर्वाधिक शेयर मूल्य वृद्धि नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको भएको छ । यो कम्पनीको ९.९७ प्रतिशतले शेयर मूल्य वृद्धि भएको छ । आज यो कम्पनीको शेयर मूल्य १ हजार ५९९ रुपैयाँ कायम भएको छ । रसुवागढी हाईड्रोपावर कम्पनी लिमिटेडको पनि शेयर मूल्य ९.९६ प्रतिशतले वृद्धि भएको छ । यो कम्पनीको शेयर मूल्य आज २७६ रुपैयाँ कायम भएको छ ।

सर्वाधिक मूल्यको शेयर खदिर विक्री पनि नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको नै भएको छ । यो कम्पनीको ६५ करोड ७९ लाख ८८ हजार रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको छ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको ४४ करोड ३६ लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएर धेरै मूल्यको शेयर खरिद विक्री हुने सूचिको दोस्रो स्थानमा छ । यो कम्पनीको शेयर मूल्य १ हजार १७५ रुपैयाँ कायम भएको छ ।

कारोबारमा आएका १२ समूहमध्ये ५ वटा समूहको परिसूचक वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ । परिसूचक वृद्धि हुनेमा हाईड्रोपावर समूह २.४२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह २.२५ प्रतिशत, अन्य समूह ६.८७ प्रतिशत लघुवित्त समूह ०.०५ प्रतशित र निर्जीवन बीमा समूह १.८ प्रतिशत रहेका छन् । आज उद्योग समूहको परिसूचक सर्वाधिक घटेको छ । यो समूहको परिसूचक ४.४२ प्रतिशतले घटेको छ ।

Total Page Visits: 650 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्